
Bksbus5
dsbus
Jsbus
gms
Nssbus7
Ratbs
Csbus
Ssbus
syysr
Ddhbs
Amb
Syees
Gsl
Pbu
Gsbus
Rbs

Rsb
Asm
Ggd
Ssm
Rgu
Rgs
Gst
Vor
Ksm
Tsm
Bbbpu
nsb
Wsp
Hal
Pvg
Bbu
Rgu
Sbs
Sls

Jmb
bbt
Bml
Abd
Rpp
Syp
Rmb
Mks
Pls
Ptm
sab
Jmb
Gsb
दाङ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा धारापानीस्थित प्रसिद्ध पाण्डवेश्वर महादेव मन्दिरमा शनिबार “घुम्न जाऔं धारापानी” कार्यक्रम आयोजना हुने भएको छ ।
उद्योग, पर्यटन तथा यातायात मन्त्रालय तथा पर्यटन विकास परिषद् बुटवलको आयोजना र स्थानीय संघ–संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन हुन लागेको हो ।
धार्मिक, पुरातात्त्विक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिने पाण्डवेश्वर महादेव मन्दिरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । घोराही उपमहानगरपालिका–५, धारापानीमा रहेको उक्त मन्दिर क्षेत्र धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ ।
यहाँ रहेको त्रिशूल र मन्दिरको ऐतिहासिक महत्वका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । कार्यक्रममा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिने जनाइएको छ । यसले धारापानी क्षेत्रको पर्यटन विकाससँगै स्थानीय कला, संस्कृति र पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।
त्यस्तै,कार्यक्रम शनिबार बिहान साडे १० बजेदेखि पाण्डवेश्वर महादेव मन्दिर परिसरमा सुरु हुनेछ । आयोजक र मन्दिर व्यवस्थापन समितिले कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन सबैलाई आग्रह गरेको छ ।
