Sidha Patra बिहिबार, आषाढ ११, २०८३

रोल्पा । सुनिलस्मृति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट विनियोजन गरेको छ । गाउँपालिकाले गाउँसभाको २० औ वैठकबाट आगामी आवको लागि ५८ करोड ५७ लाख ८० हजार बराबरको बजेट ल्याएको छ । जसमा चालु तर्फका लागि ४१ करोड १८ लाख ४५ हजार र पुँजीगततर्फ १७ करोड ३९ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

सुनिलस्मृति गाउँपालिकाकाकी उपाध्यक्ष मिना थापाले गाउँसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा संघिय राजस्व बाडफाँडबाट ११ करोड ५ लाख, संघिय वित्तिय समानिकरण अनुदान वापत १० करोड ४७ लाख, संघिय विशेष अनुदान १ करोड ४९ लाख, संघिय सशर्त अनुदान २५ करोड ५६ लाख, संघिय समपुरक २ करोड २२ लाख, प्रदेश वित्तिय समानीकरण ६९ लाख ५८ हजार, प्रदेश सवारी साधन कर १ करोड १४ लाख ८० हजार, प्रदेश सशर्त अनुदान १ करोड, प्रदेश समपुरक १ करोड १५ लाख ३४ हजार र बैंक मौज्दात ३ करोड ४ लाख स्रोत प्रक्षेपण गरिएको छ ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष थापाले आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास तथा गरिबी निवारण, उत्पादनमूलक तथा छिटो प्रतिफल लिने आयोजना, नागरिकको आम्दानी वृद्धि जिवनस्तर सुधार, गुणस्तर र भरपर्दो पूर्वाधार विकास, रोजगारी सिर्जना र गरिबी निवारण, अधिकतम जनसहभागिता र जनशक्ति परिचालन, दिगो विकास वातावरण संरक्षण सरसफाई र स्वच्छता तथा विपद् व्यवस्थापन, लैंगिक समानता र सामाजिक संरक्षणमा प्राथमिकता राखेको बताइन् ।

गाउँपालिकाले आगामी आवको बजेटमा सामाजिक, आर्थिक, लैंगिक, धार्मिक, सांस्कृतिक असमानताको अन्त्य गर्दै समतामूलक र समाजिक न्याय सहितको उन्नत समाजको निर्माण गर्ने, स्थानीय स्तरमै रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने, आधारभूत भौतिक पूर्वाधार विकासको माध्यमबाट नागरिकहरुको जिवनस्तरमा सुधार ल्याउने, वैज्ञानिक कृषि प्रणाली अवलम्बन गरी कृषिको आधुनिकीकरण, विविधिकरण र व्यावसायिकरणमा जोड दिने, लामो तथा छोटो अवधिका व्यावसायिक तथा सिपमूलक तालिमका माध्यमबाट सिपयुक्त जनशक्ति उत्पादन गरी रोजगारीको सिर्जना गर्ने, आधारभूत मानव अधिकारको संरक्षण र सम्वर्धन गर्दै शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी लगायत जनताको आधारभूत सेवा प्रतिको पहुँच सुनिश्चित गर्ने, सूचनाको हकको प्रत्याभूती, पारदर्शीता, जबाफदेहिता, भष्ट्राचार नियन्त्रण मार्फत सुशासन प्रर्वधन गर्ने, राजस्व परिचालन, करको दायरा वृद्धि तथा राजस्व चुहावट नियन्त्रण गरी आन्तरिक आयमा वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ ।

बजेटमा आर्थिक विकास तर्फ कृषि क्षेत्रको विकास, विस्तार, व्यवसायीकरण तथा आधुनिकीकरण, उद्योग तथा वाणिज्य क्षेत्रको विकास र विस्तार, पर्यटन प्रवद्र्धन, सहकारी र वित्तीय क्षेत्रको विकास र विस्तार, जलस्रोत तथा सिँचाइ विस्तार, वन, वातावरण तथा जलवायु सन्तुलन कायम राखी आर्थिक विकासका सूचकहरू मजबुत बनाउन संघीय सरकार र प्रदेश सरकारबाट सशर्त अनुदानमार्फत हस्तान्तरण भएका कार्यक्रमबाहेक गाउँपालिकाबाट १ करोड ३१ लाख १० हजार रकम विनियोजन गरेको जनाएको छ ।

सामाजिक विकास तर्फ शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, आधारभूत स्वास्थ्य सेवाको पहुँचमा विस्तार, स्वच्छ खानेपानीको सुनिश्चितता तथा सरसफाइ, संस्कृति प्रवद्र्धन, खेलकुद तथा मनोरञ्जन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सामाजिक सुरक्षा तथा संरक्षण, युवा शक्तिको परिचालन तथा समग्र विकास र विस्तारका लागि ४ करोड ६२ लाख ६५ हजार रकम विनियोजन गरेको छ ।

पूर्वाधार विकास तर्फ स्थानीय सडक, पुल तथा झोलुङ्गे पुल, सिँचाइ, भवन तथा सहरी विकास, ऊर्जा, लघु तथा साना जलविद्युत ९वैकल्पिक ऊर्जासमेत० र सञ्चार क्षेत्रको विकास र विस्तारका लागि १२ करोड १७ लाख ८५ हजार रकम विनियोजन गरेको छ । वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ वन तथा भू–संरक्षण, जलाधार संरक्षण, वातावरण संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला तथा ढल व्यवस्थापन, जलउत्पन्न प्रकोप नियन्त्रण, विपद् व्यवस्थापन तथा वारुणयन्त्र सञ्चालन कार्यका लागि २० लाख रकम विनियोजन गरेको छ ।

त्यस्तै,संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन तर्फ सामान्य सेवा, सुरक्षा व्यवस्थापन, सूचना प्रविधि, पञ्जीकरण व्यवस्थापन, स्थानीय तथ्याङ्क संकलन तथा अभिलेख व्यवस्थापन, सुशासन प्रवद्र्धन, अनुसन्धान तथा विकास, श्रम तथा रोजगारी, मानव संसाधन विकास, सुशासन तथा अन्य अन्तरसम्बन्धित विषयहरूमा काम गर्नका लागि १२ करोड २१ लाख २० हजार रकम विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ ।मालाश्रीखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]