
cjs
Ggp
Djs
Lnp
Srbpu
Pbu
sbs
Sgr
Rgp1
Unsku
Gfs
Pes
pku
Rgp

Bbbpu
Wsp
Rgu
Hal
nsb
Tsm
Rsb
Sls
Bbu
Rgs
Ssm
Vor
Asm
Ggd
Rgu
Ksm
Gst
Sbs
Pvg

Abd
Syp
bbt
Rmb
Bml
Jmb
Rpp
Jmb
Ptm
Gsb
Mks
Pls
sab
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले जेन–जी आन्दोलनको क्रममा कारागार प्रशासनले नै आफूलाई बाहिर निस्कन आग्रह गरेको प्रस्ट्याएका छन् ।
जेलबाट निस्किएको भन्दै आलोचना भइरहेका वेला उनले फेसबुक लाइभमार्फत प्रस्टीकरण दिँदै कारागार प्रशासनले पत्र दिएर जबर्जस्ती बाहिर निकालेको बताए । साथै उनले आफू सरकार बनाउने र त्यसमा सहभागी हुने दौडमा नरहेको भन्दै आफूलाई बदनाम गर्ने काम नगर्न चेतावनी दिएका छन् । ‘कारागारबाट मैले निस्किन चाहेको होइन । भिड बढेपछि कारागारले मलाई जबर्जस्ती बाहिर निकालेको हो । मैले विनापत्र जान्न भनेको हुँ । उनीहरुले जस्तो पत्र दिए, सार्वजनिक गरिसकेको छु,’ उनले भने । सुरक्षा संवेदनशीलतालाई हेरेर जेल प्रशासनले छाडेको उनको भनाइ छ ।
‘सरकार छैन, सुरक्षा निकाय सुरक्षा दिन सक्दिनँ, आफै सुरक्षित बस भन्छ । कारागार प्रशासन मलाई निस्केर बाटोमा जा भन्छ । जहाँ एउटा ठुलो भिड हातमा आगो लिएर, आक्रोश लिएर निस्किएको छ । अब भन्नुस्– मैले बाँच्न पाउने कि नपाउने ? कांग्रेस–एमालेबाट जेन–जीसम्म आइपुग्दा पनि ममाथिको अन्याय नरोकिने नै हो त यो देशमा ?’ उनले भनेका छन् ।
रविले जेलबारे प्रश्न उठेपछि आफूले सुरक्षा प्रमुखलाई नियन्त्रणमा लिन भनेको पनि उल्लेख गरेका छन् । ‘आजै मैले जनपद र सशस्त्रका आइजिपीलाई भनेको छु, मलाई तपाईंहरू आफ्नो कस्टडीमा राख्नुस्, नियन्त्रणमा लिनुस् वा कारागार पठाउनुस् । उहाँहरुले स्पष्ट रुपमा भन्नुभयो– तपाईं आफैँ सुरक्षित बस्नुस्, आवश्यक परे सम्पर्क गर्छाैँ, सुरक्षा दिन नसकेरै हिजो कारागारले तपाईंलाई पत्र दिएको होला,’ उनले भने, ‘सुरक्षा निकायबाट यस्तो जवाफ आएपछि आजै मैले न्यायिक निकायहरुलाई समेत औपचारिक जानकारी गराइसकेको छु ।’ उनले थपे, ‘जेलले निस्की भनेर धकेलेर निकालिएको पत्र बोकेर सुरक्षा निकायले नै सुरक्षा दिन नसक्ने त्यही जेलमा कुन विधिबाट जाऊँ ? म विधिमा लाग्छु ।’
रविले आफ्नो मुद्दा कानुनी माध्यमबाट नै लडिरहेको र लडिरहने स्पष्ट पारे । ‘ओली–देउवाको कुशासनको सबैभन्दा ठुलो सिकार भएको म । तिनीहरुले जिल्लैपिच्छे लगाएको झुटो मुद्दा अझै खेपिरहेको छु । जनताले ओली–देउवालाई लखेटे । तर, तिनले लगाएको झुटो मुद्दा मेरो टाउकोमा अझै हटेको छैन,’ उनले भने । रविले आफ्ना लागि सरकारभन्दा लोकतन्त्र ठुलो भएको बताए । ‘म सरकार बनाउने, सरकारमा जाने कुनै पनि दौडमा छैन । कसैसँग कतै, कुनै बैठक गरेको छैन । मेरो नाममा कसैले विवाद गर्न जरुरी छैन । म यो रेसमा छैन भनेर धेरैपटक भनिसकेँ । रेसमा नआओस् भनेर डिफेम गर्नुपर्दैन,’ उनले भने, ‘तर, यो देश रहनुपर्छ । लोकतन्त्र रहनुपर्छ । नागरिक सर्वाेच्चता रहनुपर्छ । यो कुरामा म कसैसँग नडराई दह्रोसँग उभिने तागत बाँचुञ्जेल राख्नेछु ।’ उनले आन्दोलन जेन–जीको भन्दै थपे, ‘अबको नेतृत्व पनि जेन–जीले नै तय गरोस् ।’
लामिछानेले लोकतन्त्र,मानव अधिकार,अभिव्यक्ति स्वतन्त्रता,सुशासन,खुला र पारदर्शी समाजजस्ता लोकतन्त्रका आधारभूत स्तम्भमा कम्प्रमाइज गर्न नसकिने पनि बताए । ‘एउटा नेताको पछाडि कहिले लाखौँको भिड हुन्छ,कहिले ऊ एक्लै खडा हुनुपर्छ । रवि लामिछाने दुवैका लागि तयार भएर मात्र राजनीतिको मैदानमा आएको भुइँमान्छे हो । जो कहिल्यै लुकेर बसेन । सधैँ जनताको आमनेसामने रह्यो । यिनले कालकोठरीमा थुन्दा पनि यिनको मुटु हल्लिने गरी वक्तव्य निकालेर भ्रष्टहरूलाई ललकारेको मान्छे हुँ, नबिर्सिनुहोला,’ उनले भने ।
लामिछानेले पुराना दलका नेताले आफूलाई छलपूर्वक संसदबाट निकालेको आरोप लगाए । ‘आजभन्दा दुई–तीन दिन अगाडिसम्म पनि राजनीतिक प्रतिशोध भयो भनेर यस देशका झन्डै ४० लाख मानिसले हस्ताक्षर गरेर ऐक्यबद्धता जनाएका छन् । सर्वाधिक मत ल्याएर संसद छिरेको मान्छेलाई ओली,देउवा,गगन,आरजुहरुले छलपूर्वक,बलपूर्वक संसदबाट निकाले । तर, जनताको मनबाट निकाल्न सकेनन्,’ उनले भने । स्वाभिमानी,स्वतन्त्र,अटल र सार्वभौम देश रहनुपर्ने उनको भनाइ थियो ।नयाँपत्रीका
