
pku
Sgr
Rgp
Srbpu
Unsku
Ggp
Lnp
Pbu
Rgp1
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सन्जालमा लेखेका छन्, । ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा […]
दाङ । राष्ट्रिय जनमोर्चा बङगलाचुली गाउँपालिकाले आगलागी पीडितलाई सहयोग गरेको छ । बङगलाचुली गाउँपालिका वडा नम्बर ४ तापामा आगलागीले घर जलेर अलपत्र बनेका परिवारलाई राजमोले खाद्य सामग्री सहयोग गरेको हो । राजमो बङगलाचुली गाउँ समितिका अध्यक्ष सुमन घर्तीको नेतृत्वमा सदस्यहरु सूर्य बहादुर खत्री, केदार परियार, भिमनिधी तिवारी, शिरीधर घर्ती सहितको टोलीले सामग्री हस्तान्तरण गरेको हो […]
काठमाडौं । नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरेको हो । यी जिल्लाको अधिवेशन अब १४औं महाधिवेशन पछि मात्रै गर्ने निर्णय नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले जनाएको छ । १६ वटा जिल्लाको अधिवेशन हुन बाँकी रहेको कांग्रेसले जनाएको छ।
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन् । अध्यक्ष नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाइ राख्न र नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढन पनि सुझाव दिए । राजसंस्था र हिन्दु […]
चितवन । नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल सर्वसम्मत निर्वाचित हुनु भएको छ । चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनबाट पोख्रेल सर्वसम्मत महासचिव चुनिनु भएको हो । सोमबार मनोनयन दर्ताको समय अवधिभित्र अन्यको उम्मेदवारी नपरेपछि पोख्रेल सर्वसम्मत महासचिव बनेको निर्वाचन समितिले जनाएको छ । उहाँ नवौं महाधिवेशनबाट उपमहासचिव पदमा पराजित हुनु भएको थियो । दाङ […]
गुल्मी । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित हुनु भएको छ । काङ्ग्रेस गुल्मीको ८ औँ जिल्ला अधिबेशनमा पन्थीले १ हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित हुनु भएको छ । सभापतिमा भारि मतान्तरका साथ पन्थी निर्वाचित हुनु भएको छ । […]
चितवन । नेकपा (एमाले)को अध्यक्षका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गर्नु भएको छ । चितवनमा निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको हो ।
दाङ । नेपाली काङ्ग्रेस दाङ दाङ जिल्लाको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित हुनुुभएको छ । सभापति पदका ४ जना उमेद्वार रहेकोमा हिजो भएको मतदानबाट कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेका कारण धेरै मत ल्याउने २ जनामा आज मतदान हुने कार्यक्रम थियो । चार जना मध्य धेरै मत ल्याउने शंकरप्रसाद डाँगी र भुुपबहादुर डाँगी बीच आज […]
दाङ । नेकपा माओवादी केन्द्र राजपुर गाउँ कमिटीको अध्यक्षमा सर्वसम्मत चक्रबहादुर खड्का (शिखर)चयन हुनु भएको छ । शनिबार सम्पन्न भएको नेकपा माओवादी केन्द्र राजपुरको दोस्रो गाउँ सम्मेलनबाट माओवादीको पहिलोपटक निर्वाचन प्रणालीद्वारा मतदाता नामावली र मनोनय दर्तासहित सम्मेलन गर्दै राजपुर गाउँपालिकामा खड्काको अध्यक्षतामा ४९ जना कार्यसमिति निर्विरोध चयन गरिएको हो । जसको उपाध्यक्षमा लक्ष्मी चौधरी,श्याम बहादुर […]