
Csbus
Rbs
Bksbus5
Syees
Nssbus7
Ddhbs
dsbus
Ssbus
Jsbus
gms
Pbu
Gsbus
Gsl
syysr
Ratbs
Amb

Rsb
Vor
Pvg
Bbbpu
Hal
Asm
Sls
nsb
Gst
Ksm
Ssm
Rgu
Wsp
Ggd
Rgu
Tsm
Bbu
Rgs
Sbs

Syp
Bml
Pls
Rpp
Abd
Jmb
bbt
Gsb
Ptm
sab
Jmb
Mks
Rmb
दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी बिभाजनमा लाग्ने माधव, झलनाथ समुहलाई ढिलो चाँडो पछुताउनुपर्ने बताउनु भएको छ । नेकपा एमाले दाङको १३ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले पार्टिलाइ कमजोर बनाउने र पद लोलुपताले पार्टी बिभाजन गर्नेहरु छिट्टै पछुताउनु पर्ने बताउनु भयो ।
त्यस्तै पार्टी भित्रको विचारलाई विवादको रुपमा खडागरि एमालेबाट भागेर जानेले कुनै उपलब्धि गर्न नसक्ने बताउनु भयो । रिसको झोकमा घर छोड्दा माधव(झलनाथ समुहले दुस्ख पाउने उहाँको भनाइ छ । नेकपा एमाले समाजवादको यात्रामा अघि बढेको र श्रमजीवीको न्याय र मुक्तीका लागि स्थापित पार्टी भएको धारणा व्यक्त गर्नु भयो । एमालेका पोलिटव्यूरो सदस्य नरुलाल चौधरीले एजेन्डा बिहिन गठबन्धनले जनताको हित नगर्ने बताउनु भयो । आफुलाइ शक्तिशाली भन्ने कांग्रेस पनि माओवादीको एजेन्डामा अघि बढेर पतनको दिशातिर लागेको टिप्पणी गर्नु भयो । अर्का पोलिटव्यूरो सदस्य शान्ता चौधरीले एमाले आफैमा सक्षम भएको भन्दै एक्लै हिड्न सक्ने सामर्थ्य भएको बताउनु भयो । एमालेको लोकप्रियता देखेर अत्तालिएर विपक्षीले पाँच दलित गठबन्धन गरेको टिप्पणी गर्नु भयो ।
यस्तै एमालेले ल्याएका विकास एजेन्डाहरुलाइ गठबन्धन सरकारले खारेज गरि जनघाती काम गरेको आरोप लगाउनु भयो । अर्का वक्ता केन्द्रीय अनुशासन आयोगका सदस्य छविलाल वलीले चुनौतिका बिरुद्ध एकता आवश्यक रहेकोमा जोड दिनुभयो । आन्तरिक,बैचारिक, सांगठनिक एकताले मात्रै एमालेको भविस्य जीवन्त हुने बताउनु भयो । पार्टी अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा उपाध्यक्ष हुकुमबहादुर बस्नेतले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव मनोहर बुढाथोकीले गर्नु भएको थियो । राष्ट्रिय जनसांस्कृतिक महासंघका कलाकारले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै अधिवेशनले एक अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र कोषाध्यगरि १२१ सदस्यीय कमिटी निर्वाचित गर्ने छ भने १० जना मनोनित गरिने छ । अधिवेशनमा १ हजार ६ सय प्रतिनिधि सहभागी छन् ।
