जनज्योती माविमा विव्यसले पुर्णता पाउनमा ढिलाई :

दाङ । देउखुरी राजपुर गापा वडा नम्बर २ मटेरियामा रहेको जनज्योति माविमा विव्यसका लागि निर्वाचन सम्पन्न भैसकेपनि समितिलाई पुर्णता दिनकालागि थप २ जना मनोनित गर्नुपर्ने नियम भएकोमा मनोनित गर्ने विषयमा आन्तरिक बिबाद हुँदा समितिले अहिलेसम्म पनि पुर्णता पाउन सकेको छैन । त्यस्तै विव्यस छनौटका लागि भएको निर्वाचनमा नेकपा माधव-प्रचण्ड समुहबाट एउटा समूह र नेपाली काङ्ग्रेस-नेकपा […]

शाहीद स्मृति तथा शहीद परिवार सम्मान कार्यक्रम राजपुरमा सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँकमिटी अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता र नेकपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दामा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले झापा आन्दोलन देखि सुखानी शहीदहरुको सपना क्रमशः पूरा हुँदै गएको बताउनु भयो । त्यस्तै उहाँले लामो समयको त्याग र बलिदान पछि मात्र […]

दलित संगठन क्षेत्र नम्बर १ दाङद्वारा क्यान्सर पीडित लक्ष्मीलाई आर्थिक सहयोग

दाङ । नेपाली काङ्ग्रेसको भातृ संगठन दलित संगठन क्षेत्र नम्बर १ दाङले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निबासी क्यान्सर पीडित लक्ष्मी सुनारको अप्रेसन उपचारको लागि नगद १५,००० हजार आर्थिक संकलन गरि हस्तान्तरण गरेको छ । क्षेत्र नम्बर १ दाङका संयोजक पर्बल रसाइलीको नेतृत्वमा उक्त आर्थिक संकलन गरि पीडित सुनारका छोरी मिना सुनारलाई सोमबार हस्तान्तरण […]

घोराहीको एक कपास उद्योगमा आगलागी हुँदा २५ लाख बराबरको क्षती

दाङ । घोराहीको एक कपास उद्योगमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ । घोराही उपमहानगर पालिका १५ प्रगतीनगरटोलमा रहेको राप्ती कपास उद्योगमा आज दिउसो आगलागी भएको हो । बिद्युत तार सर्ट भई भएको आगलागिबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको उद्योगका सञ्चालक सुकलाल रावतले जानकारी दिनु भयो । आगोलाई घोराही उपमहानगरपालिकाको दमकलले निभाएको […]

हाड्बास र अमेलियालाई जोड्न राप्तीमा झोलुङ्गे पुलको लागि माग पत्र पेश

दाङ । राजपुर गाउपालिका वडा नं ७ हाडबास र लमही नगरपालिका वडा नं ९ अमेलिया जोड्ने राप्ती नदीमा झोलुङ्गेपुल निर्माणका लागि योजना माग पत्र पेश गरिएको छ । हाडबास् टोल विकास समितिका अध्यक्ष एवम् राजमो राजपुर वार्ड नं ७ का सचिव टेकबहादुर डाँगी को नेतृत्वमा गएको एक टोलीले ललितपुर स्थित सस्पेन्सन् ब्राइज विभागमा झोलुङ्गेपुल योजना […]

राप्ती नदीमा डुबेर ३८ वर्षीय चौधरीको मृत्यु

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला गैरा निवासी ३८ वर्षीय टेकबहादुर चौधरीको राप्ती नदीमा तर्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजे राप्ती नदी तर्ने क्रममा मृत्यु भएको हो । चौधरीको शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक मीन बहादुर शाहीले जानकारी […]

नेपाल दलित मुक्ति संगठन गढवा गाउँपालिका स्तरीय एकता भेला सम्पन्न

दाङ । नेपाल दलित मुक्ति संगठन गढवा गाउँपालिका स्तरीय एकता प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम गढवामा सम्पन्न भएको छ । भेलाले संयोजक ज्ञान बहादुर परियार र सह संयोजक साबित्रा गहतराजको नेतृत्व मा ३१ सदस्यीय गाउँपालिका स्तरीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ । नेपाल दलित मुक्ति संगठनका जिल्ला सदस्य तिलक परियारको अध्यक्षता तथा नेपाल कम्युनिष्ट […]

घोराहीको बुद्ध इन्टरनेशनल हस्पिटलमा ३५ एमएमको पित्त थैलीको सफल अपरेशन

दाङ । घोराहीको बुद्ध इन्टरनेशनल हस्पिटलमा ३५ मिलिमिटर (३५ एमएम) को पित्त थैलीमा रहेको पत्थरीको सफल अपरेशन भएको छ । हस्पिटलमा पहिलो पटक सबै भन्दा ठूलो ३५ एमएमको पित्त थैलीको अपरेशन गरेको अस्पतालले जनाएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर बस्ने ३५ बर्षीया महिलाको अप्रेशन भएको हो । हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम […]

अष्ट्रेलियामा दुई दशकदेखि सक्रिय सञ्चारकर्मी टीका कार्की मृत भेटिए

सिड्नी । अष्ट्रेलियामा विगत दुई दशकदेखि सक्रिय सञ्चारकर्मी टीका कार्की शनिबार मृत फेला पर्नु भएको छ । कार्की हिमालयन रेडियोका सञ्चालक हुनुहुन्छ । सन् २००३ देखि नेपाली भाषाको कार्यक्रममार्फत हिमालयन रेडियोले यहाँको समूदायलाई सुसूचित गर्दै आएको थियो । नजिकका आफन्तहरुले निरन्तर सम्पर्कको प्रयास गर्दा पनि सफल नभएपछि उहाँलाई डलविच हिलस्थित निवासमा खोज्दा अचेत अवस्थामा फेला […]

आन्तरिक पर्यटन प्रर्वद्धनका लागि ऐतिहासिक भोटे मेला २०७७ तुलसीपुरमा हुने

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित कालाखोलामा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि ऐतिहासिक भोटे मेला २०७७ हुने भएको छ । तुलसीपुर एक्सप्रेस प्रा.लि.को आयोजना तथा रानिघाट युवा क्लवको सह-आयोजना एवं तुलसीपुर उपमहानगर पालिका वडा नं ७ को संरक्षकमा उक्त मेला हुन लागेको हो । ऐतिहासिक भोटे मेला यहि फागुन २६ गते देखि चैत २ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]