
Lnp
Ksbus
Rgp
Msbus
Ksbus
Ggp
Ggp
Asbus
Sdc

दाङ । राजपुर गाउपालिका वडा नं ७ हाडबास र लमही नगरपालिका वडा नं ९ अमेलिया जोड्ने राप्ती नदीमा झोलुङ्गेपुल निर्माणका लागि योजना माग पत्र पेश गरिएको छ ।
हाडबास् टोल विकास समितिका अध्यक्ष एवम् राजमो राजपुर वार्ड नं ७ का सचिव टेकबहादुर डाँगी को नेतृत्वमा गएको एक टोलीले ललितपुर स्थित सस्पेन्सन् ब्राइज विभागमा झोलुङ्गेपुल योजना माग निवेदन दर्ता गरिएको हो । उक्त निवेदनमा राजपुर गाउँपालिका र लमही नगरपालिकाको सिफारिस तथा राजपुर गाउँपालिकाको प्राविधिक प्रेफिविलितिज नाप प्रतिवेदन समेत संलग्न गरिएको छ ।
उक्त हाडबास,अमेलिया जोड्ने राप्ती नदीमा पुल नहुँदा हाडबास लगायत राजपुर गाउँपालिका वडा नं ७ का स्थानीय बासिन्दा र नाकाली जनता मित्र राष्ट्र भारतबाट वर्षेनी स्वर्गद्वारी तथा बगारबाबा धार्मिक पर्यटकीय क्षेत्र रीहारमा दर्शन गर्न आउने हजारौं तीर्थयात्रीलाई असुविधा हुनुका साथै त्यस क्षेत्रका बालबालिकाहरूलाई अमेलिया,रिहार,सतबारिय, लमही लगायतका अन्य ठाउँहरूमा अध्ययन गर्न राप्ती नदीमा डुङ्गाद्वारा जोखिम पूर्ण यात्रा गर्नु पर्ने बाध्यता रहेको स्थानियहरुले बताउनु भयो ।
त्यस्तै सो पुल अगामी आर्थिक वर्ष ७८/७९ को वार्षिक बजेटमा पारिदिन संघीय संसदमा प्रतिनिधित्व गर्ने माननीय संसदहरु र प्रदेशमा प्रतिनिधित्व गर्ने माननीय संसदहरुसंग अनुरोध तथा आग्रह गर्ने योजना रहेको टोल विकासका अध्यक्ष टेकबहादुर डाँगीले जानकारी दिनु भयो । झोलुङ्गेपुल योजना माग गर्न गएको टोलीमा राजमो दाङ जिल्लाका उपाध्यक्ष तथा संचारकर्मी महेश रिजाल पनि सहभागी हुनुहुन्थ्यो।
