मेगमन बुढा मंगलबार, फाल्गुण १८, २०७७

दाङ । नेपाली काङ्ग्रेसको भातृ संगठन दलित संगठन क्षेत्र नम्बर १ दाङले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निबासी क्यान्सर पीडित लक्ष्मी सुनारको अप्रेसन उपचारको लागि नगद १५,००० हजार आर्थिक संकलन गरि हस्तान्तरण गरेको छ ।

क्षेत्र नम्बर १ दाङका संयोजक पर्बल रसाइलीको नेतृत्वमा उक्त आर्थिक संकलन गरि पीडित सुनारका छोरी मिना सुनारलाई सोमबार हस्तान्तरण गरिएको हो । लक्ष्मीलाई क्यान्सर भएर हाल उपचारमा रहेको खबर थाहा पाएपछि संगठनले आर्थिक संकलन अभियान सुरु गरेको हो ।

त्यस्तै सो अभियानमा आर्थिक सहयोग गर्नेहरुमा तारा नेपालीले २ हजार,प्रीया गजमेरले २ हजार, राजकुमार नेपालीले २ हजार,चन्द्रवीर कामीले १ हजार,चन्द्र नेपालीले १ हजार,श्यामु सुनारले ५ सय,राम नारायण यादवले ५ सय,शोभा राम बिकले १ हजार,कल्सिङ्ग बिकले १२५०,टेकबहादुर बिकले १ हजार,प्रबल रसाइलीले २७५० गरि जम्मा १५ हजार संकलन गरि हस्तान्तरण गरिएको संयोजक रसाइलीले बताउनु भयो ।

उक्त आर्थिक सहयोग गर्दै संयोजक रसाइलीले लक्ष्मीको उपचारको लागि ब्यापारी,उद्योग व्यावसायिक,अन्य सम्बन्धित निकायलाई सक्दो आर्थिक सहयोग गर्न अनुरोध गर्नु भएको छ । लक्ष्मीको पारिवारिक अवस्था नाजुक रहेको र अप्रेसन उपचारमा झन्डै पउने एक लाखको हाराहारीमा खर्च भएको र अझै खर्च लाग्न सक्ने उहाँका छोरी मिनाले बताउनु भयो । लक्ष्मी हाल भारतको कृष्णनगर स्थित रवि हेल्थ केयर अस्पतालमा पाठेघरको अप्रेसन गरि उपचारत हुनुहुन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]