Sidha Patra सोमबार, फाल्गुण १७, २०७७

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित कालाखोलामा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि ऐतिहासिक भोटे मेला २०७७ हुने भएको छ । तुलसीपुर एक्सप्रेस प्रा.लि.को आयोजना तथा रानिघाट युवा क्लवको सह-आयोजना एवं तुलसीपुर उपमहानगर पालिका वडा नं ७ को संरक्षकमा उक्त मेला हुन लागेको हो ।

ऐतिहासिक भोटे मेला यहि फागुन २६ गते देखि चैत २ गतेसम्म सञ्चालन हुन लागेको आइतवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । कार्यक्रममा मेला संरक्षक समितिका अध्यक्ष एवं वडा नं ७ का अध्यक्ष टोपबहादुर केसीले दाङमा लाग्ने मेला मध्ये भोटे मेला पुरानो र महत्वपूर्ण मेलाको रुपमा लिने गरिएको बताउनु छ । उहाँका अनुसार वर्षौ पहिलेदेखि लाग्दै आएको भोटे मेला तत्कालिन माओवादी सशस्त्र द्धन्द चरम उत्कर्षमा पुगेको समयमा विक्रम संवत २०५६ सालदेखि लाग्न छोडेको थियो ।

हिमालका मानिसहरु यहाँ घोडा,तथा विभिन्न जडी बुटी ल्याएर व्यापारका लागि आउँथे,केसीले भन्नुभयो,त्यसले हिमाल र तराईलाई जोड्ने काम गर्दथ्यो । भोटे मेला कहिलेदेखि लाग्न थालेको हो भन्ने एकिनका साथ भन्न सक्ने अवस्था नभएता पनि पुरानो परम्परालाई निरन्तरता दिन र पर्यटन प्रवद्र्धनमा सघाउ पुगोस भनेर गत वर्ष देखि पुनः भोटे मेला सञ्चालन गर्न लागेको केसीले जानकारी दिनु भयो ।

कार्यक्रममा भोटे मेला सास्ंकृतिक समिति संयोजक दिपक कुमालले मेलामा लोक दोहरी प्रतियोगिता, घोडा दौड प्रतियोगि आयोजना गरिने र विजेतालाई पुरस्कार प्रदान गरिने जानकारी दिनु भयो । उहाँका अनुसार यस वर्ष तुलसीपुर उद्योग वाणिज्य सघंको सहकार्यमा विभिन्न उद्योगका स्टलहरु राखिने छ ।

मेलामा गायक पुष्कल शर्मा,गायिका भुमिका गिरी,सिर्जु अधिकारी,गायक देवेन्द्र बस्नेत,गोबिन्द मधुर आचार्य,बाल कलाकार आयुसा गौतम,सचिन परियार लगायतका कलाकारहरुको सहभागिता रहने सास्कृतिक समिति सदस्य प्रेम विवश घर्तिले जानकारी दिनु भयो । उहाँका अनुसार ६ दिन सम्म सञ्चालन हुने मेलामा स्थानिय कलाकारहरुलाई विषेश स्थान दिइने छ । मेलामा विभिन्न जातजातिका भेषभुषा सहितको झाँकी जुलुस पनि निकाल्ने मेला आयोजक तुलसीपुर एक्सप्रेस प्रा.लि.का अध्यक्ष दोर्ण आचार्यले जानकारी दिनु भएको छ ।

साथै उक्त मेलामा आउने दर्शकले मास्क अनिवार्य लगाउनुपर्ने छ । पत्रकार सम्मेलन रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]