
Ssbus
gms
Csbus
Gsbus
Ratbs
Jsbus
Bksbus5
Syees
dsbus
Gsl
Rbs
Pbu
syysr
Nssbus7
Amb
Ddhbs

Wsp
Gst
Ssm
Rgu
Ksm
Rsb
Sls
nsb
Rgs
Bbbpu
Tsm
Sbs
Ggd
Bbu
Pvg
Vor
Rgu
Asm
Hal

Bml
Rpp
Mks
Rmb
Pls
Abd
bbt
sab
Gsb
Jmb
Syp
Jmb
Ptm
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित कालाखोलामा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि ऐतिहासिक भोटे मेला २०७७ हुने भएको छ । तुलसीपुर एक्सप्रेस प्रा.लि.को आयोजना तथा रानिघाट युवा क्लवको सह-आयोजना एवं तुलसीपुर उपमहानगर पालिका वडा नं ७ को संरक्षकमा उक्त मेला हुन लागेको हो ।
ऐतिहासिक भोटे मेला यहि फागुन २६ गते देखि चैत २ गतेसम्म सञ्चालन हुन लागेको आइतवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । कार्यक्रममा मेला संरक्षक समितिका अध्यक्ष एवं वडा नं ७ का अध्यक्ष टोपबहादुर केसीले दाङमा लाग्ने मेला मध्ये भोटे मेला पुरानो र महत्वपूर्ण मेलाको रुपमा लिने गरिएको बताउनु छ । उहाँका अनुसार वर्षौ पहिलेदेखि लाग्दै आएको भोटे मेला तत्कालिन माओवादी सशस्त्र द्धन्द चरम उत्कर्षमा पुगेको समयमा विक्रम संवत २०५६ सालदेखि लाग्न छोडेको थियो ।
हिमालका मानिसहरु यहाँ घोडा,तथा विभिन्न जडी बुटी ल्याएर व्यापारका लागि आउँथे,केसीले भन्नुभयो,त्यसले हिमाल र तराईलाई जोड्ने काम गर्दथ्यो । भोटे मेला कहिलेदेखि लाग्न थालेको हो भन्ने एकिनका साथ भन्न सक्ने अवस्था नभएता पनि पुरानो परम्परालाई निरन्तरता दिन र पर्यटन प्रवद्र्धनमा सघाउ पुगोस भनेर गत वर्ष देखि पुनः भोटे मेला सञ्चालन गर्न लागेको केसीले जानकारी दिनु भयो ।
कार्यक्रममा भोटे मेला सास्ंकृतिक समिति संयोजक दिपक कुमालले मेलामा लोक दोहरी प्रतियोगिता, घोडा दौड प्रतियोगि आयोजना गरिने र विजेतालाई पुरस्कार प्रदान गरिने जानकारी दिनु भयो । उहाँका अनुसार यस वर्ष तुलसीपुर उद्योग वाणिज्य सघंको सहकार्यमा विभिन्न उद्योगका स्टलहरु राखिने छ ।
मेलामा गायक पुष्कल शर्मा,गायिका भुमिका गिरी,सिर्जु अधिकारी,गायक देवेन्द्र बस्नेत,गोबिन्द मधुर आचार्य,बाल कलाकार आयुसा गौतम,सचिन परियार लगायतका कलाकारहरुको सहभागिता रहने सास्कृतिक समिति सदस्य प्रेम विवश घर्तिले जानकारी दिनु भयो । उहाँका अनुसार ६ दिन सम्म सञ्चालन हुने मेलामा स्थानिय कलाकारहरुलाई विषेश स्थान दिइने छ । मेलामा विभिन्न जातजातिका भेषभुषा सहितको झाँकी जुलुस पनि निकाल्ने मेला आयोजक तुलसीपुर एक्सप्रेस प्रा.लि.का अध्यक्ष दोर्ण आचार्यले जानकारी दिनु भएको छ ।
साथै उक्त मेलामा आउने दर्शकले मास्क अनिवार्य लगाउनुपर्ने छ । पत्रकार सम्मेलन रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।
