बुधबार देउखुरी उद्योग बाणिज्य संघको बैठक सम्पन्न,४ निर्णय

दाङ । देउखुरी उधोग बाणिज्य संघको बैठक बुधवार सम्पन्न भएको छ। संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले सेवाग्राहीलाई बजारमा हुने भिडभाडबाट जोगिन बिशेष आग्रह गरेको छ । कोरोना भाइरस बढ्दो क्रममा रहेको भन्दै सबै ब्यापारी र सेवाग्राहीले सावधानी अपनाएर खरिद बिक्रि गर्न समेत अध्यक्ष खनालले अनुरोध गर्नु भएको छ । त्यस्तै बुधबार लमहीमा बसेको […]

अस्पतालमा हालसम्म दाङ उवासंघद्धारा ९ सय ८२ अक्सिजन सिलिन्डर सहयोग

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न अस्पतालहरुमा हालसम्म ९ सय ८२ अक्सिजन सिलीन्डर प्रदान गरेको छ । कोरोना संक्रमितको अक्सिजन अभावका कारणले मृत्यु हुन थालेपछि आमनागरिकहरुको स्वास्थ्य संवेदन शिलतालाई मध्यनजर गरी संघले अक्सिजनको लागि अभियान सञ्चालन गरेको संघका अध्यक्ष टंक सिंह वुढाथोकीले बताउनु भयो । त्यस्तै अभियान अन्तरगत १ हजार अभियान सञ्चालन […]

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोख्रेलको गाडी दुर्घटना,गाडीलाई पुर्णरुपमा क्षति

दाङ । आज नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेको गाडी दुर्घटनामा परेको छ । पोख्रेलको गाडी बुधबार अपरान्ह जेसिज चोक नजिक दुर्घटनामा परेको हो । गाडीमा अध्यक्ष पोख्रेल सहित महासंघ जिल्ला दाङका अध्यक्ष दुर्गालाल केसी,सल्लाहकार सुदिप गौतम,उपाध्यक्ष सन्तोष सुवेदी सवार रहनु भएको थियो । सवार मध्ये गौतमको टाउकोमा सामान्य चोट लागेको छ । […]

जनबाहिनी र विश्व हिन्दु युवासंघले सुकुम्बासी तथा भुमिहीन नागरिकलाई खाद्यान्न वितरण

सुदुरपश्चिम । सुदुरपश्चिमको कञ्चनपुर जिल्लाका दुई नगरपालिकामा बसोबास गर्ने सुकुम्बासी तथा भुमिहीन नागरिकलाई जनबाहिनी नेपाल र विश्व हिन्दु युवासंघ सुदुरपश्चिमले २० क्वीन्टल (चामल) राहत स्वरुप आज बस्तीमै पुगेर वितरण गरेको छ ।पछिल्लो समय राष्ट्र र नागरिकको हितमा आवाज उठाउदै आएको जनवाहिनी नेपाल संस्थाका संयोजक शिरोमणि ओझा र विश्व हिन्दु युवा संघ जो युवाहरुको हकहितको लागि […]

आ थप १ सय ६९ जनाको मृत्यु,८हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट गर्दा २४९ जना गरी ८६३६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको स्वास्थ्य तथा […]

लमही नगरभित्रमा क्रियाशील पत्रकारलाई,देउखुरी उबासंघद्वारा पौष्टिक आहार (अन्डा) प्रदान

दाङ । देउखुरी उद्योग बाणिज्य संघद्वारा लमही नगरपालिका भित्रमा क्रियाशील रहेका पत्रकारलाई पौष्टिक आहार (अन्डा) प्रदान गरेको छ । विश्व महामारी कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियन्टको पहिलो लाइनमा रहेर नागरिकलाई सूचना संकलन गरि प्रदान गर्नको लागि आफ्नो ज्यानलाई जोखिममा राख्दै सूचना संकलनमा खटेका पत्रकारलाई पौष्टिक खानाको लागि संघले (अन्डा) प्रदान गरेको हो ।त्यस्तै […]

जनबाहिनी नेपालद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

कंचनपुर । कंचनपुरको बेदकोट नगरपालिकामा रहेको सिसैया चौकीमा कार्यरत सुरक्षाकर्मीलाई जनबाहिनी नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मंगलबार सो संगठनका संयोजक तथा युवा नेता सामाजिक अभियानता शिरोमणि ओझाको नेतृत्वमा पुगेको समुहले उक्त चौकीका इन्चार्ज शिवनाथ साउदलाई स्वास्थ्य सामग्रीहरु माक्र्स,पन्जा, सेनिटाइजर प्रदान गरेको संयोजक ओझाले जानकारी दिनु भयो । यस्तै संगठनले यस अघि नेपाल प्रहरी […]

प्रहरीको संरक्षणमा मेसिनलगाई खोला उत्खनन कार्यको जनमोर्चा दाङद्वारा कडा बिरोध

दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति कार्यालय दाङ देउखुरीले प्रहरी प्रशासनको संरक्षणमा ठुला-ठुला मेसिनलगाई खोला उत्खनन कार्यको कडा बिरोध गरेको छ । अहिले कोभिड संक्रमणका कारण नागरिकको जीवन रक्षा नै चुनौतीपुर्ण भइरहेको बेला दाङ देउखुरीको राप्ती नदिमा भएको अनियमित र सरकारी मापदण्डलाई समेत बेवास्ता गरि गरिएको उत्खननप्रती पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्तै […]

रुखमा झुन्डिएको अवस्था दाङमा दुई जना मृत फेला

दाङ । दाङमा दुई जना रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन । घोराही उपमहानगरपालिका वडा नम्बर ७ सुकवारका अन्दाजी २९ वर्षका रेखबहादुर घर्ती संगै एक महिला झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजाले जानकारी दिनुुभयो । त्यस्तै मृतक महिलाको अहिले सम्म पहिचान खुलेको छैन । विबाहित घर्ती केहि समय देखि मृतक महिलाको […]

राप्तीमा दोहन कार्य रोकिएन,उत्खनन कार्य नरोकिए नागरिक सडकमा उतार्ने चेतावनी

दाङ । देउखुरीमा राप्ती नदी दोहन कार्य अझै रोकिएको छैन् । नदी दोहन नरोकिए पछि आज देउखुरीको राप्ती गाउँपालिका १ पाखापानीमा पत्रकार सम्मेलनको आयोजना गरी नदी दोहनका विषयमा जानकारी गराइएको छ । गत वैशाख ३० गते देखि लगातार दिनरात राज्यको नियम विपरीत कोरोना लकडाउनको मौका छोपेर राप्ती नदी उत्खनन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]