Sidha Patra मंगलबार, जेठ ११, २०७८

दाङ । दाङमा दुई जना रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन । घोराही उपमहानगरपालिका वडा नम्बर ७ सुकवारका अन्दाजी २९ वर्षका रेखबहादुर घर्ती संगै एक महिला झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजाले जानकारी दिनुुभयो ।

त्यस्तै मृतक महिलाको अहिले सम्म पहिचान खुलेको छैन । विबाहित घर्ती केहि समय देखि मृतक महिलाको प्रेम सम्बन्धमा रहेको बुझिएको छ । गत ८ गते शनिबार घरबाट निस्किएका घर्ती तीनदिन पछि घर देखि करिव ३०० मिटर टाढा आँपको रुखमा झुन्डिएको अवस्थामा आज (मंगलबार) विहान साढे ६ बजेको समयमा शव भेटिएको प्रहरीले जनाएको छ । मृतको शवको पोष्टमाटमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याईएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । खोज रफ्तार

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]