
Rgp
Lnp
Rgp
ksb
Rgp
Dus
Sgp
Asb
Lks
Ggp
Dbs
lnp
Ggp
Rgp
Jns
Usb


दाङ । देउखुरी उद्योग बाणिज्य संघद्वारा लमही नगरपालिका भित्रमा क्रियाशील रहेका पत्रकारलाई पौष्टिक आहार (अन्डा) प्रदान गरेको छ ।
विश्व महामारी कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियन्टको पहिलो लाइनमा रहेर नागरिकलाई सूचना संकलन गरि प्रदान गर्नको लागि आफ्नो ज्यानलाई जोखिममा राख्दै सूचना संकलनमा खटेका पत्रकारलाई पौष्टिक खानाको लागि संघले (अन्डा) प्रदान गरेको हो ।
त्यस्तै मंगलबार आफ्नै कार्यालयमा बोलाएर सम्पुर्ण क्रियाशील पत्रकारलाई एक/एक क्यारेट (अन्डा) प्रदान गरेको संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो ।
हामीले नगर भित्रमा कार्यरत पत्रकारलाई हौसला स्वरुप (अन्डा)प्रदान गरेका हौं । समग्र देउखुरीका पत्रकारको लागि होइन,खनालले भन्नू भयो । त्यस्तै उहाँले लमहीमा कार्यरत कुनै पत्रकार छुटेको भएमा उहाँहरुलाई पनि बराबर प्रदान गर्ने छौं,खनालले भन्नू भएको छ ।
यस्तै संघले यस अघि पनि देउखुरीको लमही स्थित रातो डाँडामा रहेको समग्र देउखुरी उपत्यकाको लागि संचालन गरिएको कोरोना अस्पताल र लमही अस्पताललाई अक्सिजनका सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउदै आएको संघका अध्यक्ष खनालले जानकारी दिनु भयो ।
