
Jns
Rgp
Sgp
Ggp
Rgp
Ggp
Usb
Asb
Rgp
Lks
Lnp
lnp
Rgp
ksb
Dus

lms

दाङ । देउखुरीमा राप्ती नदी दोहन कार्य अझै रोकिएको छैन् । नदी दोहन नरोकिए पछि आज देउखुरीको राप्ती गाउँपालिका १ पाखापानीमा पत्रकार सम्मेलनको आयोजना गरी नदी दोहनका विषयमा जानकारी गराइएको छ ।
गत वैशाख ३० गते देखि लगातार दिनरात राज्यको नियम विपरीत कोरोना लकडाउनको मौका छोपेर राप्ती नदी उत्खनन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला समन्वय समितिको कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय भालुवाङ, गढवा, वडा प्रहरी लमही, राप्ती, गढवा गाउँपालिका र लमही नगरपालिकाको प्रत्येक्ष नेतृत्वमा ठेकेदार माफियाहरुलाई राप्ती नदीमा जेसिभी, स्काभेटर, टिप्पर अन्धाधुन्ध चौविसै घण्टा उत्खनन् भइरहेको छ ।
यस्तै नदी उत्खनन्का कारण राप्ती नदी सतह भन्दा धेरै गहिराईमा पुगेकाले प्रगन्ना सिचाई नहर निमार्णाधिन बढ्कापथ सिचाई नहर, दङगालीछाप सिचाई नहर तथा राप्ती नदी उत्तर दक्षिण र रङसिङ तथा अर्जुन खोलाको दुवै तर्फको तटबन्ध, भालुवाङको राप्ती पुल, सिसहनियाँमा रहेको नेपालको दोसो लामो पुल,लमही कोइलावास सडक खण्ड अन्तरगत गढवाको पक्की पुल र असख्य राप्ती नदी तटीय मानवबस्ती समेत भत्किने गरी क्षती हुने संभावना बढेर गएको छ ।
त्यस्तै उक्त कार्य तुरुन्त बन्द गर्न राज्यका सम्बिन्त निकायलाई दवाव दिन तथा आम नागरिकलाई यो विकराल समस्याको जानकारी गराउन राप्ती नदी तथा राप्ती उपत्यका एवम वातावरण संरक्षण समिति भालुवाङले आज पत्रकार सम्मेलन गरेको हो ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष टोपबहादुर कार्की, सचिव होमप्रसाद शर्मा लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । पत्रकारहरुले राखेको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिनुहुँदै अध्यक्ष कार्कीले उपरोक्त कार्य नियम विपरित भएको र नदीजन्य पदार्थ ढुंगा, गिटी बालुवा उत्खनन् संकलन गर्दा नदीहरुमा स्काभेटर, जेसिभीहरु प्रयोग गर्न नपाइने स्पष्ट नीति हुँदाहुँदै त्यसो गर्न गराउन संलग्न कार्यालय वा व्यक्तिलाई कानुनी दायरामा लिनु र सो कार्य तत्काल बन्द गराई सो को जानकारी अभिलम्ब दिनु भनि राष्ट्रपती चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटार ललितपुरले पत्रचार गरिसकेको समेत कार्कीले जानकारी दिनु भएको थियो ।
त्यसैगरी यती गर्दा पनि उक्त उत्खनन् कार्य नरोकिएमा जेठ १२ गते देखि लकडाउन उल्लघन गर्दै आम नागरिकलाई सडकमा उतारने कार्यक्रम रहेको समेत जानकारी गराइएको थियो ।
