
Pes
Lnp
Rgp
Ggp
cjs
Rgp1
pku
Srbpu
Sgr
sbs
Pbu
Gfs
Djs
Unsku

Rgs
Hal
nsb
Rsb
Bbu
Sbs
Asm
Ssm
Rgu
Gst
Ggd
Vor
Pvg
Sls
Tsm
Bbbpu
Wsp
Ksm
Rgu

Rmb
Pls
Mks
sab
bbt
Syp
Abd
Rpp
Bml
Jmb
Ptm
Gsb
Jmb
काठमाडौं । पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट गर्दा २४९ जना गरी ८६३६ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म ५ लाख २८ हजार ८४८ संक्रमित भएका छन् । उनीहरुमध्ये ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६४०४ जना संक्रमणमुक्त भएका हुन् । हालसम्म ६७०० को मृत्यु भएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८६३, कास्कीमा ५७८, ललितपुरमा ४२७, मोरङमा ४१७, कैलालीमा ३७५, काभ्रेपलाञ्चोकमा ३२८ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै सिन्धुपाल्चोकमा २७१, सुनसरीमा २६७, रूपन्देहीमा २२४, धादिङमा २०१, झापामा १८०, सर्लाहीमा १७३, दाङमा १५९, लमजुङ र सर्खेतमा १४४/ १४४ जना, रामेछापमा १४३, कञ्चनपुरमा १३०, गोरखामा १२१, चितवनमा ११९, धनुषामा ११७, धनकुटामा ११५, पर्वतमा ११२ र मकवानपुरमा १०३ जना संक्रमित थपिएका छन् ।
बाँकेमा ९५, अछाममा ९२, सप्तरीमा ८१, पाल्पामा ७७, सिन्धुलीमा ७५, नुवाकोटमा ६९,तनहुँमा ६८, नवलपरासी पूर्व र बर्दियामा ६५/६५ जना, रसुवामा ५९, बारामा ५८, दोलखामा ४९, दैलेखमा ३९,स्याङजा र बैतडीमा ३८/३८ जना, उदयपुरमा ३५, डडेलधुरामा ३३, पर्सामा ३१ र महोत्तरीमा ३० जना संक्रमित थपिएका छन् ।
यस्तै सल्यानमा २६, ओखलढुंगा र नवलपरासी पश्चिममा २४/२४ जना, दार्चुलामा २३, अर्घाखाँचीमा २०, म्याग्दीमा १९, रौतहटमा १४, संखुवासभामा ११,प्युठान र जुम्लामा ९/९ जना, कपिलवस्तु र रोल्पामा ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।
बागलुङ, गुल्मी, कालिकोटमा ७/७ जना, ताप्लेजुङ र सिरहामा ६/६ जना, डोटीमा ५, पाँचथर र रूकुम पश्चिममा ४/४ जना,खोटाङ र भोजपुरमा ३/३ जना,सोलुखुम्बु, जाजरकोटमा २/२ जना तथा इलाम, तेह्रथुम, रूकुम पर्व, हुम्ला र बझाङमा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै ९ वर्ष मुनिका १८३ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्षमुनिका ६७६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।साभार अनलाइन खबर
