Sidha Patra बुधबार, जेठ १२, २०७८

दाङ । आज नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेको गाडी दुर्घटनामा परेको छ । पोख्रेलको गाडी बुधबार अपरान्ह जेसिज चोक नजिक दुर्घटनामा परेको हो । गाडीमा अध्यक्ष पोख्रेल सहित महासंघ जिल्ला दाङका अध्यक्ष दुर्गालाल केसी,सल्लाहकार सुदिप गौतम,उपाध्यक्ष सन्तोष सुवेदी सवार रहनु भएको थियो । सवार मध्ये गौतमको टाउकोमा सामान्य चोट लागेको छ ।

त्यस्तै अहिले गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । रा १ च ९५५ नम्बरको स्कारपिओले पोख्रेलको गाडीलाई ठक्कर दिएको हो । गाडीलाई पूर्ण रुपमा क्षति पुगको छ । पोख्रेल प्रदेश नं. ३ ०१००२ च ९२२६ नम्बरको गाडीमा सवार रहनु भएको थियो ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]