मेगमन बुढा/दाङ बुधबार, जेठ १२, २०७८

सुदुरपश्चिम । सुदुरपश्चिमको कञ्चनपुर जिल्लाका दुई नगरपालिकामा बसोबास गर्ने सुकुम्बासी तथा भुमिहीन नागरिकलाई जनबाहिनी नेपाल र विश्व हिन्दु युवासंघ सुदुरपश्चिमले २० क्वीन्टल (चामल) राहत स्वरुप आज बस्तीमै पुगेर वितरण गरेको छ ।पछिल्लो समय राष्ट्र र नागरिकको हितमा आवाज उठाउदै आएको जनवाहिनी नेपाल संस्थाका संयोजक शिरोमणि ओझा र विश्व हिन्दु युवा संघ जो युवाहरुको हकहितको लागि निरन्तर राज्यलाई खबरदारी गर्ने सुदुरपश्चिमका प्रमुख सम्राट सिंहले बुधबार गोदावरी नगरपालिका वडा नम्बर ३ चौकी डाँडा र कृष्णपुर नगरपालिका वडा नम्बर २ भेटघाटमा छुट्टाछुट्टै शिविर संचालन गरि लकडाउनले प्रभावित भएका ती सुकुम्बासी तथा भुमिहीन नागरिकलाई जरुरत मन्द (चामल) खाद्यान्न वितरण गर्नु भएको हो ।यसैैैगरी विश्व महामारी कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियन्टको कारण सरकारले लगाएको लकडाउनले गर्दा यतिबेला समाज र राष्ट्रका केही निम्न वर्ग जस्ले दैनिक ज्यालामजदुरी गरि खाने नागरिकलाई धेरै असर पारेको छ ।त्यस्तै लकडाउनको चपेटामा परेका सुकुम्बासी तथा भुमिहीन बस्तीका नागरिकको समस्यालाई मध्यनजर गरेर दुई संस्थाले समन्वय गरि पहिलो चरणमा दुई नगरपालिकामा १०/१० क्वीन्टल (चामल) खाद्यान्न शिविर मार्फत हस्तान्तरण गरिएको जनवाहिनी नेपालका संयोजक,युवा नेता शिरोमणि ओझाले जानकारी दिनु भयो ।यसैगरि क्रमश: हाम्रो संस्थाले अन्य बस्तिहरुमा समेत पुगेर अविरल रुपमा नि:शुल्क खाद्यान्न राहतहरु वितरण गर्छ,हामी निरन्तर गर्छौं संयोजक ओझाले सिधापत्र डटकम अनलाइनलाई भन्नू भयो ।त्यसैगरी यी दुई संस्थाले विगतका दिनहरुमा कोभिड १९ को महामारी लडाइँसंग सामना गर्दै देश र जनताको लागि आफ्नो ज्यानलाई जोखिममा राखेर अहोरात्र खटेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,पत्रकार विभिन्न सामाजिक अभियानतालाई स्वास्थ्य सामग्री वितरण गर्दै आइरहेको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]