
mbd
Sds
Pbu
Gisld
Mbdvs
Rbs

nsb
Sls
Bbbpu
Vor
Rgu
Ssm
Tsm
Rsb
Sbs
Rgs
Ksm
Bbu
Wsp
Rgu
Pvg
Ggd
Asm
Gst
Hal

bbt
Abd
Pls
Rpp
Jmb
Syp
sab
Mks
Bml
Jmb
Ptm
Rmb
Gsb
काठमाडौं । सरकारले जेनजी आन्दोलन दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
शुक्रबार आज बसेको सरकारको पहिलो मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ‘भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने,’ सरकारको निर्णय सुनाउँदै पोखरेलले भने ।
त्यस्तै उनका अनुसार दुई बुँदामा यसको कार्यान्वयनका चरण छुट्याइएको छ । पहिलो, उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने । दोस्रो,अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने ।अनलाइनखबर
