
Gsbr-6
Csbg-7
Rksr-7
jsbr-3
Jsbg-7
Pbu
Msbg-2
Gsbg-3
ksbl-7
Usbl-7
डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उहाँमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले जानकारी दिनुभयो । त्यस्तै शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट समेत हटाएको छ […]
काठमाण्डौं । लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गएराति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भूकम्प सानो गएकाले कतिपयले थाहा नपाएको बताएका छन् ।
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ सुनखोलीमा निर्माण गरिएको पक्की घर हस्तान्तरण गरिएको छ । जनता आवास कार्यक्रम अन्तरगत निर्माण भएको पक्की घर घरधनी अनिशा खातुनलाइ हस्तान्तरण गरिएको हो । बिहीबार लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले घरको ताला,चाबी हस्तान्तरण गर्दै जसको कोही छैन उसको पक्षमा आफुहरु रहेको बताउनु भएको थियो […]
कपिलवस्तु । वडाअध्यक्षले सिफारिस नदिएको भन्दै कपिलवस्तुका सात राजनितिक दलले समुहिक प्रेस विज्ञप्ती जारी गरेका छन् । वडाअध्यक्ष मन्जु मिश्राले नागरिकलाई दुख दिएको भन्दै राजनितिक दलहरु एकजुट भई प्रेस विज्ञप्ती जारी गरेका हुन् । नेपाली काँग्रेस,नेकपा एमाले, नेकपा (माओबादी केन्द्र) नेकपा एकिकृत समाजवादी,जनता समाजवादी पार्टी,नेपाल,बहुजन पार्टी,जनमत पार्टीले समुहिक विज्ञप्ती जारी गरेका छन । निर्वाचित जनप्रतिनिधिद्वारा […]
बाँके । सशस्त्र प्रहरी जमुनाहा बिओपीका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा गएको टोलीले नेपालगन्ज १५ सीमा नाकाबाट बुधबार दिउँसो २ लाख २० हजार रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ । बरामद गरिएका सामग्रीहरुमा लत्ताकपडा, भाँडाकुँडा, किराना सामाग्री, बाथरुम, धारा लगायत फलफुल रहेको सशस्त्र […]
दाङ । घोराही कारागारबाट भागेको एक महिनापछि पक्राउ परेका कैदी यमराज परियारलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका परियार गत पुस ८ गते भागेका थिए। प्रहरीले उनलाई भारतको पन्जाबबाट पक्राउ गरेर कारागार प्रशासनले बुधबार अदालतमा बुझाएको थियो। दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कैदी परियारलाई पुर्पक्षका […]
दाङ । नेपालमा महामारीको रुपमा रहेको कोरोना भाईरस संक्रमणबाट बच्नकालागी नेपाल महिला सामुदायिक सेवा केन्द्रले सर्वसाधारणहरुलाई मास्कको प्रयोग गर्न सचेत बनाउन सुरु गरेको छ । केन्द्रले सर्वसाधारणहरुलाई मास्कको प्रयोग गर्न र मास्क प्रयोगबारे सचेत बनाउन सुरु गरेको हो । विभिन्न संघसंस्थासँगको समन्वयमा घोराहीको भानु चोकमा स्टल स्थापना गरेर मास्क नलगाएकाहरुलाई मास्क प्रयोग गर्न र प्रयोग […]
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । त्यस्तै उहाँका अनुसार मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ […]
पाल्पा । पाल्पामा ट्यांकरको ठक्करबाट स्कुटीमा सवार एक जना महिलाको मृत्यु भएको छ। बर्तुङमा बुधबार ट्यांकरले ठक्कर दिँदा मृत्यु हुनेमक माथागढी गाउँपालिका–३, सराईकी ५५ वर्षीया कान्तिसरा गाहा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । पचभैयाका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङदेखि प्रभासतर्फ जाँदै गरेको लु ३ च ४६१५ नम्बरको पानी बोक्ने ट्यांकरले सोही […]
काठमाडाैं । जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताले सरकारी गाडी तोडफोड गरेका छन् । बाँसका भाटासहित आज प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका मेयर, उपमेयरलगायत सवार सरकारी गाडी तोडफोड गरेका हुन् । त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जनकपुरधाम आउँदै गर्दा मेयर र उपमेयर सवार गाडी जनमत पार्टीका कार्यकर्ताले तिरहुतीया गाछीमा रोकेर तोडफोड गरेका […]