
Ssb
Tgp
Csb
Nsb
Ksb
Ksb
jsb
Ppu
Ssb
Gsb
Rks
Bsn
Usb
Rsb
Ksb
Fmb

Gsb
Hl1
Usb
Tsb
Ssb

ptl
Nps
Rgu
दाङ । घोराही कारागारबाट भागेको एक महिनापछि पक्राउ परेका कैदी यमराज परियारलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका परियार गत पुस ८ गते भागेका थिए।
प्रहरीले उनलाई भारतको पन्जाबबाट पक्राउ गरेर कारागार प्रशासनले बुधबार अदालतमा बुझाएको थियो। दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कैदी परियारलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।
परियारको बयान र थुनछेकपछि मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भएकाले पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए । कारागारका नाइकेसमेत रहेका परियारले कारागार भित्रै आर्थिक चलखेल गरेर भागेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
प्रेमिकाको हत्या मुद्दामा २० वर्ष कैद सजाय पाएका परियारले साढे ७ वर्ष कैद भुक्तान गरेका थिए। कानुनमा कैदी कारागारबाट भागेको खण्डमा कारागार ऐन २०१९ को दफा २४ को ३ मा पक्राउपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था रहेको छ।
