Sidha Patra शुक्रबार, माघ १४, २०७८

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उहाँमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले जानकारी दिनुभयो ।

त्यस्तै शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट समेत हटाएको छ । छानविन सुरु भएकाले उहाँलाई शिक्षालयको प्रमुखबाट हटाएको बताइएको छ । यहाँ अध्ययनरत विद्यार्थीलाई कुखुरापालनबारे सिकाउन शिक्षालयले ५०० चल्ला खरिद गरेको थियो । कुखुराका चल्ला पठाउने व्यवसायीसँग फोनमा कमिशन मागेको अडियो सार्वजनिक भएपछि उहाँमाथि छानविन सुरु भएको हो । शिक्षालयमा उहाँले पेन्टिङ, मसलन्द, भवन निर्माण, पेट्रोलियम पदार्थ, गाडी मर्मत, विद्यार्थी भर्ना, विद्यार्थी परिचयपत्र र पोशाकमा समेत आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।न्युज ट्वान्टी फोर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]