काठमाडाैं । जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताले सरकारी गाडी तोडफोड गरेका छन् । बाँसका भाटासहित आज प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका मेयर, उपमेयरलगायत सवार सरकारी गाडी तोडफोड गरेका हुन् ।
त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जनकपुरधाम आउँदै गर्दा मेयर र उपमेयर सवार गाडी जनमत पार्टीका कार्यकर्ताले तिरहुतीया गाछीमा रोकेर तोडफोड गरेका थिए । भाटासहित प्रदर्शनमा उत्रिएका उनीहरूले गाडी रोकेर तोडफोड र गाडीमा सवार रहेकाहरूलाई आक्रमण गरेको गाडीमा सवार रहेका नेकपा एमालेका नेता खेमराज भट्टराईले बताए ।
किसानलाई पहिले मल उपलब्ध गराउनुपर्ने अनि मात्रै भोट दिने भन्दै उनीहरूले प्रदर्शन गरेका छन् । मतदान केन्द्रमा प्रवेश गर्न खोजेपछि तितरबितर गर्न आज बिहान प्रहरीले अश्रुग्यास प्रहार पनि गरेको थियो ।