बाँके । सशस्त्र प्रहरी जमुनाहा बिओपीका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा गएको टोलीले नेपालगन्ज १५ सीमा नाकाबाट बुधबार दिउँसो २ लाख २० हजार रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।
बरामद गरिएका सामग्रीहरुमा लत्ताकपडा, भाँडाकुँडा, किराना सामाग्री, बाथरुम, धारा लगायत फलफुल रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सबै सामाग्रीलाई नेपालगन्ज भन्सार बुझाइएको सशस्त्र बुढाले जानकारी दिनुभएको छ ।