
Srbpu
Ggp
Rgp1
sbs
Sgr
Djs
Unsku
cjs
Rgp
Gfs
Pbu
Lnp
Pes
pku

Hal
Rgs
Tsm
Ksm
Ggd
Sbs
Rgu
Rsb
Rgu
Sls
Asm
Wsp
nsb
Vor
Gst
Pvg
Bbu
Ssm
Bbbpu

Mks
Pls
Gsb
sab
Jmb
bbt
Ptm
Abd
Syp
Rmb
Bml
Rpp
Jmb
दाङ । नेपालमा महामारीको रुपमा रहेको कोरोना भाईरस संक्रमणबाट बच्नकालागी नेपाल महिला सामुदायिक सेवा केन्द्रले सर्वसाधारणहरुलाई मास्कको प्रयोग गर्न सचेत बनाउन सुरु गरेको छ । केन्द्रले सर्वसाधारणहरुलाई मास्कको प्रयोग गर्न र मास्क प्रयोगबारे सचेत बनाउन सुरु गरेको हो । विभिन्न संघसंस्थासँगको समन्वयमा घोराहीको भानु चोकमा स्टल स्थापना गरेर मास्क नलगाएकाहरुलाई मास्क प्रयोग गर्न र प्रयोग गरेकाहरुलाई पनि सही तरिकाले मास्कको प्रयोग गर्नकालागी सचेत बनाउने काम भएको नेपालम महिला सामुदायिक सेवा केन्द्रका सचिव शिवा योगीले
जानकारी दिनुभयो । मंगलवारदेखी स्टल स्थापना गरेर एक हप्ते अभियान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । मास्क लगाउन अटेरी गर्नेहरुलाई काउन्सीलिङ गरेर मास्क प्रयोग गर्न अनुरोध गरिएको र उहाँहहरुले पनि मास्कको प्रयोगबारे सचेत भएपछि प्रयोग गर्ने गरेको मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी दिनुभयो ।
‘कोरोना महामारी पछिल्लो समयमा व्यापक रुपमा फैलिरहेकाले सर्वसाधारणहरुलाई सचेत बनाउनकालागी हामीले विभिन्न संघसंस्थासँगको समन्वयमा अभियान सुरु गरेका हौ’ सचिव योगीले भन्नुभयो– ‘मास्कप्रयोग नगरेकालाई मास्क प्रयोग गर्न र मास्क लगाएकाहरुलाई पनि सही तरिकाले मास्कको प्रयोग गर्न सचेत बनाउने काम गरेका छौँ ।’ नेपाल महिला सामुदायिक सेवा केन्द्रले सम्पूर्णमा भिडभाडमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ ।
