Sidha Patra बिहिबार, माघ १३, २०७८

दाङ । नेपालमा महामारीको रुपमा रहेको कोरोना भाईरस संक्रमणबाट बच्नकालागी नेपाल महिला सामुदायिक सेवा केन्द्रले सर्वसाधारणहरुलाई मास्कको प्रयोग गर्न सचेत बनाउन सुरु गरेको छ । केन्द्रले सर्वसाधारणहरुलाई मास्कको प्रयोग गर्न र मास्क प्रयोगबारे सचेत बनाउन सुरु गरेको हो । विभिन्न संघसंस्थासँगको समन्वयमा घोराहीको भानु चोकमा स्टल स्थापना गरेर मास्क नलगाएकाहरुलाई मास्क प्रयोग गर्न र प्रयोग गरेकाहरुलाई पनि सही तरिकाले मास्कको प्रयोग गर्नकालागी सचेत बनाउने काम भएको नेपालम महिला सामुदायिक सेवा केन्द्रका सचिव शिवा योगीले

जानकारी दिनुभयो । मंगलवारदेखी स्टल स्थापना गरेर एक हप्ते अभियान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । मास्क लगाउन अटेरी गर्नेहरुलाई काउन्सीलिङ गरेर मास्क प्रयोग गर्न अनुरोध गरिएको र उहाँहहरुले पनि मास्कको प्रयोगबारे सचेत भएपछि प्रयोग गर्ने गरेको मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी दिनुभयो ।

‘कोरोना महामारी पछिल्लो समयमा व्यापक रुपमा फैलिरहेकाले सर्वसाधारणहरुलाई सचेत बनाउनकालागी हामीले विभिन्न संघसंस्थासँगको समन्वयमा अभियान सुरु गरेका हौ’ सचिव योगीले भन्नुभयो– ‘मास्कप्रयोग नगरेकालाई मास्क प्रयोग गर्न र मास्क लगाएकाहरुलाई पनि सही तरिकाले मास्कको प्रयोग गर्न सचेत बनाउने काम गरेका छौँ ।’ नेपाल महिला सामुदायिक सेवा केन्द्रले सम्पूर्णमा भिडभाडमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]