
Rks
Usb
Ksb
Ksb
jsb
Fmb
Ppu
Ksb
Gsb
Rsb
Csb
Ssb
Ssb
Bsn
Nsb
Tgp

Ssb
Usb
Gsb
Tsb
Hl1

Nps
Rgu
ptl
पाल्पा । पाल्पामा ट्यांकरको ठक्करबाट स्कुटीमा सवार एक जना महिलाको मृत्यु भएको छ। बर्तुङमा बुधबार ट्यांकरले ठक्कर दिँदा मृत्यु हुनेमक माथागढी गाउँपालिका–३, सराईकी ५५ वर्षीया कान्तिसरा गाहा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
पचभैयाका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङदेखि प्रभासतर्फ जाँदै गरेको लु ३ च ४६१५ नम्बरको पानी बोक्ने ट्यांकरले सोही दिशामा जाँदै गरेको लु ४६ प १६१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । घटनास्थलमा घाइते भएकी गाहाको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा मृत्यु भएको थियो । त्यस्तै स्कुटीलाई ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।कामनाडेलि
