
Nssbus7
Rsbus
Bksbus5
Gsbus
Lsbus
Ssbus
Bsbus
Ksbus
Jsbus
Ksbus
Ssbus
Ksbus
gms
dsbus
Csbus
Gsl
bpmhl
Ssbus
Pbu

Rgs
Ksm
Wsp
Sls
Bbu
Vor
Gst
Rgu
Rgu
Ggd
Tsm
Ssm
nsb
Pvg
Sbs
Rsb
Asm
Hal
Bbbpu

Rpp
Abd
Mks
Jmb
Ptm
sab
Pls
Syp
Bml
Rmb
Gsb
Jmb
bbt
दाङ । नेपाली काङ्ग्रेसले २०८२ साल चैत १० र ११ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार देशभर निर्वाचन समीक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
लुम्बिनी प्रदेशमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीलाई जिम्मेवारी तोकिएको छ । यहीँ चैत २९ गते दाङको राप्ती गाउँपालिका स्थित भालुवाङमा कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा नेपाली काङ्ग्रेसका पार्टी सभापति गगन कुमार थापा आउने कार्यक्रम तय भएको सहमहामन्त्री चौधरीले जानकारी दिए ।
पार्टीले “निर्वाचन समीक्षा र काङ्ग्रेसको अबको बाटो” शीर्षकमा सातै प्रदेशमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । उक्त कार्यक्रम अन्तर्गत प्रतिनिधि सभा अन्तर्गतका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुसँग समिक्षात्मक छलफल गरिनुका साथै केन्द्रीय प्रतिनिधिको उपस्थितिमा क्षेत्रगत अध्ययन र समीक्षा गरिने जनाइएको छ ।
निर्धारित मिति र स्थान अनुसार सम्बन्धित प्रदेशहरुमा कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमलाई प्रभावकारी बनाउन प्रत्येक प्रदेशमा तोकिएका संयोजकसँग आवश्यक समन्वय गरिने पार्टीले जनाएको छ । यस कार्यक्रम अन्तर्गत केन्द्रीय कार्यसमितिका सदस्यहरु, प्रदेश कार्यसमितिका पदाधिकारीहरु,जिल्ला सभापतिहरु, प्रतिनिधि सभा क्षेत्रीय सभापतिहरु, प्रदेश सभा सदस्यहरु,प्रदेश सभा क्षेत्रीय सभापतिहरु तथा प्रतिनिधि सभाका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको सहभागिता रहनेछ ।
त्यस्तै कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सम्बन्धित जिल्ला कार्यसमितिलाई दिइएको जनाइएको छ । नेपाली काङ्ग्रेसले यस कार्यक्रममार्फत हालै सम्पन्न निर्वाचनको समग्र समीक्षा गर्दै आगामी रणनीति तय गर्ने लक्ष्य राखेको बताइएको छ ।
