
jmb
sks
smb
Asm
Gsbus
Bpb
Ddh
Rus
Rg-9
Ssbus
Ppu
Sys
gms
jms

kbs
Ln9
Ln1
Asm
cks
Ln3
bml
Ln2
Gsb
Gg1
Dps
Rys
Sbs
Usb
Gg5
bmj
Hl1
Ln7
Ln8
Ssb

Gg3
Jpb
Gg2
Rgu
Gg6
Bpb
Sbs
Sab
Rss
Snk
Gg4
Nps
Ksb
ptl
Jab
Gjl
Sml
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ सुनखोलीमा निर्माण गरिएको पक्की घर हस्तान्तरण गरिएको छ । जनता आवास कार्यक्रम अन्तरगत निर्माण भएको पक्की घर घरधनी अनिशा खातुनलाइ हस्तान्तरण गरिएको हो ।
बिहीबार लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले घरको ताला,चाबी हस्तान्तरण गर्दै जसको कोही छैन उसको पक्षमा आफुहरु रहेको बताउनु भएको थियो ।
त्यस्तै घर हस्तान्तरण कार्यक्रममा नेकपा एमालेका नेता रतनकुमार केसी,अब्जल अलि,लमही नगरपालिका–५ का वडा सदस्य जगनारायण चौधरी,नगर सचिव भानु जोशी,गोपाल विक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण लमही खानेपानीको उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव सनमकुमार पौडेलले गर्नु भएको थियो ।
जनता आवास कार्यक्रम मार्फत चालु आर्थिक बर्षमा सांसद शर्माको क्षेत्रमा २२ वटा घर बन्दैछन् । यस अघि झण्डै एक सय वटा पक्कि घर निर्माण गरेर हस्तान्तरण गरिसकिएको छ ।



