Sidha Patra सोमबार, चैत्र ०७, २०७८

सल्यान । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि तथा भौतिक पूर्वाधार विकासमा स्थानीय तहले महत्वपूर्ण काम गरेको बताएका छन् ।

आइतबार कपुरकोट गाउँपालिकाको वडा नम्बर ४ मा रहेको गायत्री आधारभुत विद्यालयकोे ४१ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले सामुदायीक विद्यालयको सुधारका लागि सबैको हातेमालो आवश्यक रहेको बताए ।

कपुरकोट गाउँपालिकाका प्रमुख समेत रहेका सेनले आफुहरु स्थानीय सरकारको नेतृत्वमा आइसकेपछि सामुदायीक विद्यालय सुधारका विभिन्न काम गरेको बताए । विद्यालय भवन निर्माण, मर्मत, फिल्ड निर्माण, जनशक्ति व्यवस्थापन संगै पुस्तकालय, खेलकुद तथा ईसिडि सामग्री व्यवस्थापन लगाएतका काम गरिएको बताए । अझै विद्यालय सुधारका लागि धेरै काम गर्न बाँकी रहेको बताउँदै अध्यक्ष सेनले शिक्षा क्षेत्रमा लापरवाहि भयो भने विद्यार्थीको भविष्य चौपट हुने र समाज सधै पछाडी पर्ने भएकाले गम्भीर बन्न आवश्यक रहेकोमा जोड दिए ।

गायत्री आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा, कपुकरोट ४ का वडा अध्यक्ष हरिला पुन, शिक्षा शाखा प्रमुख सरस्वति भण्डारी, शिक्षक महासंघ कर्णाकीका उपमहासचिव बामदेव अधिकारी महासंघका सल्यान जिल्ला अध्यक्ष मधुसुदन गिरी लगाएतले विद्यालयको प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

यस्तै नेकपा एमाले कपुरकोटका अध्यक्ष द्रोण केसी, सचिव मित्र कठायत, नेपाली कांग्रेस कपुरकोटका सचिव यम थापा, माओवादी केन्द्र कपुरकोटका अध्यक्ष प्रकाश भण्डारी, कांग्रेस जिल्ला कार्यसमितिका आमन्त्रीत सदस्य डण्डिराम खड्का लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिकोत्सवको अवसरमा पूर्व विव्यस अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, प्रअ, शिक्षकलाई सम्मान गरिएको थियो भने विद्यार्थीले विभिन्न सांस्कृतीक प्रस्तुती पनि राखेका थिए ।

यस्तै विद्यालयका प्रधानाध्यापक हस्त बहादुर बुढाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक यमकान्त ढकालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक दुर्गा बहादुर बस्नेतले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]