शिबराज पन्थी/गढवा सोमबार, चैत्र ०७, २०७८

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीले दाङ जिल्लामै नयाँ अभ्यास गरेका छन् ।

अधिकारीले निर्वाचन जितेर वडा अध्यक्ष भएपछि आफ्नो वडामा गरेका कामहरु सोमवार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेका हुन । स्थानीय निर्वाचन नजिकिदै गर्दा जिल्लामै पहिलो पल्ट थालीएको यो अभ्यास अन्य पालिकाका वडा अध्यक्ष तथा जनप्रतिनिधीहरुकै लागी पनि सिकाईको बिषय बन्न सक्ने अनुमान गरिएको छ ।

अध्यक्ष अधिकारीले पाँचबर्षे कार्यकालमा आफूले निर्वाचनको समयमा घोषणा पत्रमा बाचा गरेका कामहरुको समिक्षा गर्दै करिब–करिब ८० प्रतिशत पुरा गरेको पत्रकारहरुसंग बताएका हुन् । उनले आफू निर्वाचित भएपछि ३ महिना नबित्दै छोरा गुमाएको र त्यसको ११ दिनपछि आमा समेत गुमाएको पिडा ब्यक्त गरे । पारिवारीक पिडा हुदा हुँदै पनि आफ्नो वडाको बिकास र समृद्धिका लागि अधिकारीले गाउँपालिका,प्रदेश र केन्द्रमा पहल गरि बजेट पारेर धेरै कामहरु गरेको कार्यक्रममा बताएका हुन् ।

त्यस्तै चुनावमा २२ वटा प्रतिवद्धता गरेको थिए,बिभिन्न चुनौती र अप्ठ्याराहरुलाई चिर्दै करिब पुरा गर्न सफल भएको छु–उनले बताए । आफ्नो वडामा खानेपानीको निकै समस्या भएको अवस्थामा जिल्ला खानेपानी कार्यालयसंगको समन्वय सहकार्यमा करिब ८÷९ करोडको बजेट तानेर सबैजसो बस्ति र टोलहरुमा खानेपानीको समस्या पुरा गर्ने प्रयत्न गरेको उनले बताए । पाँचबर्षै कार्यकालमा बिद्युत्तको पहुँच नभएको टोल बस्तीहरुमा बिद्युत्त पुगेको अधिकारीले बताए ।आम्दा र गाउँपालिकासंगको सहकार्यमा वडानं.१ के कालाकाटेमा सामुदायिक स्वास्थ्य इकाई भवन बनाएर कर्मचारी ब्यवस्थापन गरि स्वास्थ्य क्षेत्रलाई बलियो बनाएको,गोबरडिहा स्वास्थ्य चौकीको भौतिक बिकास गरेको,निःशुल्क एमबुलेन्स सेवा,सुत्केरी पोषण भत्ता,आमा समूह,स्वास्थ्य ब्यवस्थापन समिति र महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि बिभिन्न अभिमुखिकरण गरिएको उनले बताए । बिपन्न र सिमान्तकृत वर्गका नागरिकहरु बसोवास गरेको यस वडामा छात्रबृत्ति,डे«स वितरण र स्वयंसेवक शिक्षकहरुलाई ब्यवस्थापन गरिएको र सबैजसो बिद्यालयहरुमा भौतिक पुर्वाधार,नेट इण्टरनेटको पहुँच बिस्तार गरिएको छ ।

यस्तै जनता माध्यमिक बिद्यालय कालााकाटेको कम्पाण्ड वाल,भवन निर्माण,रङसिङ आधारभूत बिद्यालयमा तटबन्धन,भवन निर्माण र फिल्ड ब्यवस्थापन,बडहरा बनधुस्री का बिद्यालयहरुमा भौतिक तथा शैक्षिक बिकासका कामहरु भएको उनले बताए । किसानहरुका लागि सिँचाईको क्षेत्रमा वनवारी,धानखोला तथा चिसापानीमा पक्कि कुलोहरु निर्माण गरी सेवा बिस्तार गरेको,बिभिन्न खहरे खोलाहरुमा तटबन्धन गरि मानव वस्ती संरक्षण गरिएको,कालाकाटेमा वसपार्क निर्माण र जुरौनीमा वाल उद्यान निर्माणको कामले गति लिईरहेको अधिकारीले कार्यक्रममा जानकारी गराएका हुन् ।

त्यसैगरी गढवा गाउँपालिकाका प्रबक्ता समेत रहेका अधिकारीले आफ्नो पाँचबर्षे कार्यकालमा भौतिक निर्माणतर्फ धेरै कामहरु भएको पत्रकारहरुसंग बताए । राजमार्गसंग जोडिएका ४ वटा टोलहरु बहेक झण्डै एक दर्जन बस्ति टोलहरुलाई सडक सञ्जालले जोडेको,वनवारी,मलमला, धोद्रे,जुरौनी र कालाकाटेका भित्री सडकहरु क्रमशः कालोपत्रेको काम सुरुवात गरेको,सडकका नयाँ टे«याकहरु ीबस्तार गरिएको,शहरी बिकास कार्यक्रम अन्तर्गत जुरौनी–चिसापानी हुदै रङसिङ र धानखोलो जोड्ने सडक स्तरोन्नतिका लागि झण्डै २ करोडको ठेक्का भै सकेको,रङसिङ,राप्तीनदी र खहरे खोलाहरुमा तटबन्धनका काम गरेको र सबैजसो बस्तिहरुमा नेट तथा संचारको सुबिधा बिकास भएको पत्रकार सम्मेलनमा उनले जानकारी गराए ।

पर्यटन पुर्वाधार बिकास तर्फ धानखोलाको गुफा,ट्रस्ट तथा झोलुंगे पुल,कुलपानीमा पर्यटकिय स्थल बनाउन बिभिन्न निकायहरुसंग समन्वय सहकार्य गर्दै मन्दिर,ताल,पार्क,मुर्तिहरु,पिकनिक स्पट लगायतका कामहरु सम्पन्न भै आन्तरिक र बाह्य पर्यापर्यटनमा बृद्धि भएको अध्यक्ष अधिकारीले बताए । बेरोजगार र कुलतमा फसेका युवाहरुलाई खेलकुदको माध्यमबाट सतमार्गतर्फ लम्काएको,युवा तथा खेलकुदका कार्यक्रमहरुलाइृ निरन्तरता दिएको, लक्षित वर्गहरुका बिभिन्न कार्यक्रमहरु गर्दै सामाजिक सेवा प्रबाह गरेको उनले बताए ।

अपांगता भएका नागरिकहरुको परिचय पत्र बनाउने शिविर संचालन गरि सामाजिक सुरक्षा भत्तामा संलग्नता बढाएको,जेष्ठ नागरिक अभिनन्दन तथा ब्लाङ्केट वितरण,पिछडीएका वर्ग तथा मुस्लीम एवं थारु कुमाल समूदाय र महिला तथा वालवालीकाका बिभिन्न कार्यक्रमहरुमा सहयोग गर्दै लक्षित बर्गका नागरिकहरुमा सबैखाले कार्यक्रमहरु पुर्याएको उनले बताएका छन् ।

निर्वाचनमा बाचा गरेका करिब ८० प्रतिशत कामहरु पुरा गरेको छु,जनताले मलाई छाने र पार्टीले छान्यो भने एक कार्यकाल फेरी वडा अध्यक्ष बन्ने मन छ–उनले बताए । नेपाल सरकारको सुरक्षित आवास संग वडा सरकारको समेत पहलमा खरका छाना हटाउने र भूमिहिन सुकुम्बासीहरुलाई जग्गाको मालिक बनाउन पालिकाको नेतृत्वमा जग्गा नापी गर्ने कार्यपनि एक नम्बर वडाबाटै सुरु भएको पत्रकार सम्मेलनमा अधिकारीले बताए । आगामी दिनमा आफूले पाँच वर्षे अवधिमा बिभिन्न निकायहरुसंग बजेट तानेर तथा वडाको पहलमा भएका कामहरुको पत्रकारहरुलाई स्थलगत अबलोकन गराउने कार्यक्रम समेत बनाएको उनले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]