श्रवण कुमार यादव/राजपुर सोमबार, चैत्र ०७, २०७८

दाङ । दाङ देउखुरीको राजपुर गाउँपालिकामा लोकसेवाका लागि एक महिने तयारी कक्षा संचालन कार्यक्रमको आज विधिवत रुपमा गाउँपालिका अध्यक्ष लोकराज केसीले उद्घाटन गर्नु भएको छ ।

राजपुर गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम संचालन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राजपुर गाउँपालिका अध्यक्ष केसीले लोकसेवा तयारी कक्षा संचालन हुन लागेको यो पहिलो पटक भएको भन्दै पढ्नेहरूका लागि यो ठुलो अवसर भएको बताउनु भयो ।

लोकसेवा तयारी कक्षामा गाउँपालिकाका सात वटै वडाबाट महिला र पुरुष गरि ३१ जना यूवा विद्यार्थी भाइबहिनीहरुले सहभागिता जनाएका छन् । सो कार्यक्रम +२ सकाएका विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरेको बताउनु भएको हो ।

यस्तै गरि उक्त कार्यक्रमको अध्यक्षता समेत ग्रहण गर्नु भएका केसीले यो दाङको सबै भन्दा विकट गाउँपालिका रहेको बताउनु भयो । उहाँले बेरोजगारी, गरिबी र विकटताको कारणले पछि परेको हुनाले यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो।

पालिकाले राखेको उद्देश्य पूरा गर्न आयोजक, प्रशिक्षक र प्रशिक्षार्थीले सहयोग गर्नु पर्ने उहाँले उल्लेख गर्नु भएको हो। यस्ता तालीमबाट पर्याप्त ज्ञान लिन सके कार्यक्रमको उद्देश्य पूरा हुने पनि उहाँले उल्लेख गर्नु भयो । तयारी कक्षा उद्घाटन कार्यक्रम निःशुल्क दिइएको तयारी कक्षा भनेर कम महत्वको नठान्न समेत आग्रह गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा राजपुर गाउँपालिकाका सूचना प्रविधि अधिकृत शरद रेग्मी, योजना शाखाका प्रमुख सनम धिताल,एमआइएस अपरेटर्स अनिल यादव, भुमी शाखाका लगत प्रविष्टकर्ता ओम नारायण यादव लगाएतको उपस्तिथि रहेको थियो।

उक्त कार्यक्रममा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण राजपुर गाउँपालिका वडा नं ५ का सचिव साधाराम यादवले गर्नु भएको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]