अजय मिश्र/कपिलवस्तु सोमबार, चैत्र ०७, २०७८

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका भित्र २ सय किलोमिटर सडक निर्माण भएको छ । स्थानीय तहको निर्वाचन भएपश्चात ग्रामीण क्षेत्रमा सडक सन्जालले गाउँबस्ती जोडेको छ । विकास निर्माणमा पछि परेको कृष्णनगर नगरपालिकामा विकासको कार्यहरु तिब्र रुपले अघि बढिरहेको छ । जिल्लाको कृष्णनगर नगरपालिकाले झन्डै ५ बर्षको अवधीमा २ सय किलोमिटर सडक निर्माण गरेको छ ।

कृष्णनगरमा ६.५ किलोमीटर कालोपत्रे, ६० किलोमीटर आरसिसि, ६० किलोमिटर पिसिसी सडक निर्माण गरिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो । कोभिडले गर्दा विकास निर्माणकार्यमा केही अवरोध भएको नगरप्रमुख शाहले बताउनु भयो । नगर प्रमुख शाहले भन्नूभयो “कोभिड नभएको भए ३ सय किलोमीटर सडक निर्माण गर्ने लक्ष्य रहेको थियो,अहिलेसम्म हामीले २ सय किलोमीटर सडक निर्माण गर्यौं ।”

त्यस्तै कृष्णनगर नगरपालिका क्षेत्रमा ७० किलोमिटर ग्राभेल सडक, ५ किलोमीटर नया सडकमा माटो पटान, २५ किलोमिटर नाली निर्माण गरिएको नगर प्रमुख शाहले जानकारी दिनुभयो । कपिलवस्तु कृष्णनगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नागरिकसगँ गरेको बाचा पूरा गरेको बताउनु भएको छ । नगरको प्रशासकीय भवन, कृष्णनगर क्षेत्रमा १० कल्भर्ट, १ झुलुङ्गे पुल, छिटौनीमा ठूलो पुल, वडा नं ८ र ९ को वडा कार्यालय भवन निर्माण सम्पन भएको कृष्णनगर नगर पालिकाको उपप्रमुख सबनम खातुनले बताउनु भयो ।

शिवराज अस्पतालको अपरेशन भवन, वड नं १२ मा शहरी स्वास्थ्य किलिनिक भवन, वडा नं ११ मा स्वास्थ्यचौकी भवन निर्माणकार्य भएको उपप्रमुख सबनमले जानकारी दिनु भयो । कृष्णनगरमा अहिले २ दर्जन स्थानमा विकास निर्माणकार्य भैरहेको छ । कृष्णनगर नगरपालिकाले शिवराज अस्पतालमा १ करोड ७३ लाखको भवन निर्माणको काम गरेको कृष्णनगरका इन्जिनियर प्रदिप चौधरीले बताउनु भयो ।

त्यस्तै अहिले कृष्णनगरमा २ सडक कालोपत्रे भैरहेको इन्जिनियर चौधरीले बताउनु भयो । कृष्णनगरको मडहामा आरसिसी, बहादुरगन्जमा सडक निर्माण, चैपुरवा पटनामा कालोपत्रे, रमवापुरमा आरसिसीको काम भैरहेको छ । सार्वजनिक शौचालय निर्माण भएको छ ।

पुर्सोत्तमपुर, बगहीमा कालोपत्रे, सरफरमा आरसिसी सडक, माणामा ट्रस्ट निर्माण र डेबरामा वडा नं ५ को भवन निर्माणकार्य भैरहेको छ । नगरपालिकामा मेयर रजत प्रताप शाह नेतृत्वले विभिन्न विद्यालयमा ४० कोठा निर्माण सप्पन्न भएको छ । २९ कोठा निर्माणाधीन अवस्थामा रहेको छ । विभिन्न विद्यालयमा एक दर्जन भन्दा शौचालय निर्माण गरेको कृष्णनगर नगरपालिकाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]