
Sssbus1
Gsl
nsm
Sssbus1
tssbus
Ssbus
Ssbus
Pbu
ssbus
Ssbus

Sls
Bbbpu
Ssm
Asm
Rsb
Sbs
Gst
Ksm
Vor
Rgu
Pvg
Bbu
nsb
Ggd
Tsm
Wsp
Rgu
Hal
Rgs

Syp
Pls
Jmb
Abd
Mks
Rpp
bbt
sab
Gsb
Bml
Rmb
Jmb
Ptm
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ को माओवादी केन्द्रको मुख्य आधार टोल मानिने चप्फा टोलका ४७ जनाले गोठे कुमालको नेतृत्वमा नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
पार्टीका वडा सभापती धिर बहादुर यादवको अध्यक्षतामा भएको भेटिघाटी तथा पार्टी प्रवेश कार्यक्रममा कुमालको नेतृत्वमा ४७ जनाले पार्टी प्रवेश गरेका हुन् ।
नेपाली काङ्ग्रेस महासमिति सदस्य जानकिलाल बस्नेत,दाङ क्षेत्र नम्बर १ ख का सभापती दिनेस गिरि तथा जिल्ला सदस्य बालकुमारी पोख्रेल लगायतका नेताबाट नवप्रवेशीलाई टीका लगाई स्वागतकासाथ पार्टिमा प्रवेश गराइएको छ।
आफुहरु माओवादी पार्टिमा रहदै आएतापनि यो पार्टीले विकास निर्माणका कार्यमा आफ्नो टोललाई कुनै वास्ता नगरेकाले उक्त पार्टी परित्याग गरेको र नेपालि काङ्ग्रेस पार्टीका नेताको पहलमा स्थामीय चुनाब अघि आफ्नो टोलमा खानेपानी तथा थप विद्युत बिस्तार गरिनुपर्ने लगायतका मागप्रती नेताहरु सकारात्मक भएकाले आफुहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेको नव प्रवेशीका नेतृत्वकर्ता कुमालले बताए । श्रोतका अनुसार प्रवेश गर्नेमा केही नेकपा एमालेका कार्यकर्ता समेत रहेको बुझिएको छ।
