
Jsbr-3
Gsbg-3
Jsbg-7
Rksr-7
Gsbr-6
Csbg-7
Msbg-2
Pbu
Usbl-7
ksbl-7
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्छ भन्ने कसैले पनि नसोचे हुने बताएका छन् । शनिवार भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा पार्टीको एघारौ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । डर,दबाब र प्रतिशोधको छायाँबाट मुक्त निर्वाचन हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट नभाग्ने अध्यक्ष ओलीको भनाइ थियो । […]
दाङ । देउखुरीको लमहीमा पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् । शनिबार बिहान पौने ११ बजे पेस्तोल पड्किँदा लमहीको रातो डाँडा स्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम घाइते भएका हुन् । कोठा सफा गर्ने क्रममा एसीमाथि लुकाएर राखिएको पेस्तोल निकाल्दा अचानक पड्किँदा गौतमको औँलामा चोट लागेको दाङ प्रहरीका प्रवक्ता चक्रबहादुर शाहले […]
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन शनिबार आजबाट सुरु भएको छ । अहिले नेताहरु उद्घाटनस्थलमा पुग्दैछन् । बिहानैदेखि सहभागीहरुको भीड बाक्लो हुँदैछ । अहिले भक्तपुरको सल्लाघारीमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रम भइरहेका छन् । त्यस्तै विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आउने क्रम जारी रहेको छ ।
दाङ । राष्ट्रिय हाप्किडोको उपविजेता बनेको गोरखा आइडियलमा सम्मान कार्यक्रम सम्पन्न भएको छ । घोराही स्थित दाङ भ्याली कलेजको प्राङ्गणमा सम्पन्न चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो च्याम्पियनसिपमा दाङको राप्ती गाउँपालिकामा रहेको गोरखा आइडियल स्कुल उपविजेता बनेको थियो । नेपाल हाप्किडो संघको आयोजना तथा दाङभ्याली कलेज हाप्किडो डोजाङको सह–आयोजनामा गत मंसिर १६ देखि २० गते सम्म सञ्चालन […]
दाङ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले पार्टीको पन्ध्रौँ महाधिवेशनमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश संस्थापन पक्षले आज शुक्रबार लमहीमा आयोजना गरेको प्रदेश स्तरिय कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले वडादेखि केन्द्रसम्म सर्वसम्मत रुपमा प्रतिनिधि छनौट हुने गरेर महाधिवेसनको तयारीमा लाग्न आग्रह गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री […]
दाङ । नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिले राप्ती गाउँपालिकाले कक्षा ७ का विद्यार्थीका लागि प्रकाशित गरेको ‘हाम्रो राप्ती’ नामक स्थानीय पुस्तकमा मगर समुदायको भाषा, धर्म,संस्कार,संस्कृति र इतिहाससम्बन्धी तथ्यहरु गलत र विकृत रुपमा प्रस्तुत गरिएको भन्दै औपचारिक रुपमा ध्यानाकर्षण गराएको छ। शुक्रबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले स्थानीय तहको पाठ्यक्रममा स्थानीय […]
दाङ । प्रहरीले अवैध रुपमा ढुङ्गा र बालुवा उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा लिएको छ । मंसिर २० गतेदेखि २६ गतेसम्म विभिन्न स्थानमा अवैध रुपमा ढुङ्गा र बालुवा उत्खनन् गर्ने ८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । त्यस्तै प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी […]
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकामा संचालन रहेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । राजपुर गाउँपालिकाको आयोजना तथा शिवशक्ती माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न भएको प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय मटेरियाले उत्कृष्ट प्रदर्शन गर्दै समग्र विजेताको रनिङशिल्डहरु हात पारेको हो । जसमा जनज्योति मटेरियाले १० स्वर्ण, ७ रजत र २ […]
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर –४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब […]
दाङ । गढवा गाउँपालिकाले उद्यमी महिला सहकारी मार्फत कृषि र पशुपालन ब्यवसाय मार्फत महिलाहरुलाई उद्यमशिलता तर्फ प्रोत्साहन गरेको लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्यमन्त्री तथा सांसद इन्द्रजित थारुले बताए । गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाको दोश्रो बार्षिक साधारणसभालाई संबोधन गर्दै थारुले यस्तो बताएका हुन् । कृषकहरुले उत्पादन गरेका खसी बोका,दुध र तरकारी तथा खाद्यान्न बजारीकरण […]