Sidha Patra शनिबार, मंसिर २७, २०८२

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्छ भन्ने कसैले पनि नसोचे हुने बताएका छन् ।

शनिवार भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा पार्टीको एघारौ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । डर,दबाब र प्रतिशोधको छायाँबाट मुक्त निर्वाचन हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट नभाग्ने अध्यक्ष ओलीको भनाइ थियो । उनले मुलुकमा निर्वाचन गराउने दिशामा सरकार नरहेको जिकिर समेत गरे ।

त्यस्तै अध्यक्ष ओलीले भने,‘हाम्रो स्पष्ट माग छ–प्रतिनिधिसभा तुरुन्त पुनस्थापना होस् । देश संविधान र लोकतन्त्रको बाटोमा फर्कियोस । सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ । चुनावको मिति तोकिएको छ । तर के तयारी केही भईरहेको छ ? देखिँदैन । चुनाव चाहने सरकारले गथ्र्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता हुन्थ्यो । सभा,जुलुश गर्न खुला वातावरण बनाउथ्यो ।

दललाई चुनावमा सहभागी हुन प्रोत्साहित गर्दथ्यो ।निर्वाचनको अनिवार्य सर्तमा रुपमा रहेको निर्भयताको वातावरण बनाउथ्यो । लुटिएका हतियार फिर्ता ल्याउथ्यो होला । जेलबाट भागेका कैदीबन्दीलाई फेरी फिर्ता ल्याउँथ्यो होला । तर अहिले के भईरहेको छ । सम्वादको सट्टा निषेध, घृणा, मिडिया ट्रायल, विभिन्न प्रकारका हल्ला, विभिन्न राजनीतिक दलविरुद्धका षडयन्त्र ।

प्रतिस्पर्धाको सट्ट धम्की, बहसको सट्टा मुद्दा, दलका नेतामाथि स्थान, हद, निषेध । यही हो चुनावको वातावरण बनाएको ? मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दवाव र आतंक बढ्छ यस्ता कुराले ? जनताले चाहेको कुरा स्पष्ट छ–लोकतन्त्र होस, लोकतान्त्रिक प्रणाली होस् । लोकतन्त्रमा लोकतान्त्रिक विधिद्धारा शान्तिपूर्ण वातावरणमा निर्वाचन होस् । साँचो प्रतिष्पर्धा होस् ।

हाम्रो भनाई यही हो । डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कसैले भाग्छ भन्ने कसैले नसोचे हुन्छ । तर अहिले चुनाव हुँदैछ र ? होइन, चुनाव हुँदै छैन । चुनावको कुरा मात्रै भईरहेको छ देशलाई अलमल्याउनका लागि ।’ अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने दिशामा कुनै काम नगरेको जिकिर समेत गरे । रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]