
gms
Ssbus
Gsl
Ddhbs
Rbs
Csbus
Pbu
Nssbus7
Bksbus5
dsbus
Ratbs
Amb
Gsbus
Jsbus

Rgu
Sbs
Ksm
Wsp
Bbbpu
Pvg
Rsb
Ssm
Rgu
nsb
Tsm
Gst
Bbu
Vor
Asm
Sls
Rgs
Ggd
Hal

Mks
Ptm
Pls
Jmb
Abd
Rmb
Jmb
Gsb
Syp
sab
Bml
bbt
Rpp
दाङ । नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिले राप्ती गाउँपालिकाले कक्षा ७ का विद्यार्थीका लागि प्रकाशित गरेको ‘हाम्रो राप्ती’ नामक स्थानीय पुस्तकमा मगर समुदायको भाषा, धर्म,संस्कार,संस्कृति र इतिहाससम्बन्धी तथ्यहरु गलत र विकृत रुपमा प्रस्तुत गरिएको भन्दै औपचारिक रुपमा ध्यानाकर्षण गराएको छ।
शुक्रबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले स्थानीय तहको पाठ्यक्रममा स्थानीय समुदायका भाषा, संस्कार–संस्कृति र भूगोल समावेश गर्ने पहल सकारात्मक भएको तर तथ्यपरक ढंगले प्रस्तुत नगर्दा मगर समुदायमा गम्भीर असन्तुष्टि उत्पन्न भएको उल्लेख गरेको छ।
संघका अनुसार पुस्तकका लेखक ताराप्रसाद भुसालद्वारा तयार गरिएको सामग्रीमा मगर समुदायको पहिचानसम्बन्धी पक्षहरु विकृत रुपमा समावेश गरिएका छन्,जसले समुदायको इतिहास र सांस्कृतिक पहिचानमाथि गम्भीर प्रभाव पार्न सक्ने भन्दै तुरुन्त सुधार आवश्यक रहेको बताइएको छ।
नेपाल मगर संघ दाङले पुस्तकमा रहेका गलत व्याख्या तथा विश्लेषणलाई छिटोभन्दा छिटो सच्याउन माग गर्दै,माग बेवास्ता भए संघ आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएको छ।
यस विषयमा आवश्यक समन्वयका लागि संघले केन्द्रीय सदस्य भिमप्रकाश पुन मगर,प्रदेश भाषिक उपाध्यक्ष इराधा झाँक्री मगर र गाउँपालिका उपाध्यक्ष जितबहादुर घर्ती मगरलाई स्थानीय समन्वयकर्ता तोकेको जनाएको छ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पुस्तकमा भएका त्रुटिहरु कुनै नियतवश नभई भुलबस भएको भन्दै आवश्यक संशोधन गरिने आश्वासन दिए । त्यस्तै उक्त पालिकाका वरिष्ठ शिक्षा अधिकृत विश्वास बिकले तत्काल पुस्तकमा भएको त्रुटीलाई सच्याउने बताएका छन् ।
साे कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य भिमप्रकाश पुन,शारदा पुन मगर,लुम्बिनी प्रदेश भाषिक उपाध्यक्ष इराधा झाँक्री मगर,जिल्ला अध्यक्ष मुक्त बहादुर बुढा मगर,जिल्ला उपाध्यक्ष जय प्रकाश घर्ती मगर,जिल्ला सदस्य युबराज थापा मगर,नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश सन्चार सचिब कृष्ण बहादुर बुढा मगर,मगर संघ गाउँपालिका उपाध्यक्ष जितबहादुर घर्ती मगर,जिल्ला सदस्य दिलमाया घर्ती मगर,जिल्ला सदस्य ओपेन्द्र बुढा मगर लगायतका टाेलीकाे सहभागिता रहेको थियो।
