
Pes
Gfs
Unsku
pku
Ggp
Lnp
Pbu
Sgr
Ses
Djs
Rgp
Rgp1
cjs
Srbpu

Vor
Gst
Bbbpu
Rgu
Ggd
Rgu
Rgs
Wsp
Ssm
nsb
Tsm
Bbu
Pvg
Hal
Sbs
Asm
Sls
Ksm
Rsb

Gsb
Rpp
Pls
sab
Abd
Jmb
bbt
Ptm
Jmb
Mks
Syp
Rmb
Bml
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर –४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् ।
निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।
त्यस्तै उनका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
