
Unsku
Lnp
Ggp
Ses
Pes
Gfs
cjs
pku
Rgp1
Sgr
Pbu
Djs
Rgp
Srbpu

Rsb
Ggd
Bbbpu
Ksm
Sbs
Wsp
Rgu
Rgu
Sls
Vor
Gst
nsb
Bbu
Tsm
Hal
Rgs
Asm
Pvg
Ssm

Rmb
Bml
Rpp
bbt
Syp
sab
Ptm
Abd
Gsb
Pls
Jmb
Mks
Jmb
दाङ । गढवा गाउँपालिकाले उद्यमी महिला सहकारी मार्फत कृषि र पशुपालन ब्यवसाय मार्फत महिलाहरुलाई उद्यमशिलता तर्फ प्रोत्साहन गरेको लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्यमन्त्री तथा सांसद इन्द्रजित थारुले बताए ।
गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाको दोश्रो बार्षिक साधारणसभालाई संबोधन गर्दै थारुले यस्तो बताएका हुन् । कृषकहरुले उत्पादन गरेका खसी बोका,दुध र तरकारी तथा खाद्यान्न बजारीकरण गर्दै कृषि तथा पशुपालन ब्यवसाय र उत्पादनमा किसानहरुलाई प्रोत्साहित गर्दै गढवा महिला उद्यमी सहकारी मार्फत पालिकाभरका सबै वडाहरुमा कृषि र पशुपालनमा आकर्षण बढाउदै लगेको उनले बताए । यो कार्यक्रम देशकै नमूना कार्यक्रम बनाउन पालिकाले पहल गर्नुपर्नेमा उनको जोड थियो । सहकारी मार्फत गरिबिको रेखामुनी रहेका साना तथा मझौला किसानहरुको आय स्तरमा बृद्धि गर्न सकिने थारुले बताए ।
गढवा गाउँपालिकाले भिटा परियोजना मार्फत साना किसान र गरिब किसानहरुलाई कृषि र पशुपालन मार्फत उद्यमशिल कनाउदै आत्मनिर्भर बनाउने योजनाका साथ काम गरिरहेको परियोजनाका संयोजक बसन्त कुमार शर्माले बताए । उहिले सहकारी मार्फत किसानले उत्पादन गरेको दुध बजारीकरण र उपयुक्त मुल्य उपलब्ध गराएर ३ महिनामा किसानहरुलाई १९ लाखको मुनाफा आर्जन गर्न सफल बनाएको शर्माले बताए ।
गढवा महिला उद्यमी सहकारी संस्था लि.का अध्यक्ष शोभा रावतको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सादस्य इन्द्रजित थारु, गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी,वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आले मगर,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल,बिशिष्टीकृत सहकारी संघ बुटवलका महाप्रबन्धक अर्जुन अधिकारी र हेफर परियोजनाका प्रबन्धक महेश आचाय,उद्यमी महिला हिरामोति चौधर्री लगायतले बोलेका थिए ।
कार्यक्रममा सचिव मिना कुमारी खत्रीले संस्थागत प्रतिवेदन र बार्षिक प्रगती,कर्मचारी कैलाश चौधरीले आर्थीक प्रतिवेदन र ब्यवस्थापक रम्भूनाथ चौधरीले बार्षिक निती कार्यक्रम र योजनाहरु प्रस्तुत गरेका थिए ।
दुई युगबोधकर्मि सहित दर्जनौ सम्मानीतः
कार्यक्रममा युगबोध राष्ट्रिय दैनिका दशरथ घिमिरे र शिबराज पन्थी सहित दर्जनौ ब्यक्तिहरुलाई सम्मान गरिएको छ । सञ्चार माध्यम मार्फत कृषि र पशुपालनमा महिला उद्यामी र सहकारीका लागि योगदान गर्ने पत्रकारहरु दशरथ घिमिरे, शिबराज पन्थी,आलोक भावुक र दुखहरण यादवलाई कदरपत्रले सम्मान गरिएको छ ।
यसैगरी सहकारी सञ्चालनका लागि बिभिन्न कोणबाट योगदान गर्ने गढवा गाउँपालिका,हेफर परियोजना, ग्रमीण महिला उत्थान केन्द्र दाङ, बिशिष्टिकृत सहकारी संघ बुटवल, उत्कृष्ट बचतकर्ता प्रगति महिला समूह गढवा ७,समुन्नती सहकारी संस्था लमही, उत्कृष्ट पशुपालक गढवा २चिमचिमेका सिता बुढामगर र मखमली उद्यमी सहकारी संस्था गढवा ७ का दिपा चौधरीलाई सम्मान गरिएको थियो । यसैगरी सहकारी संस्थालाई बिभिन्न कोणबाट योगदान गर्ने भिटा परियोजनाका सामाजिक परिचालकहरु आशा श्रेष्ठ,कल्पना चौधरी,जया बिश्वकर्मा,बाबुराम यादव,कैलाश चौधरी,अभिषेक गिरी,माया चौधरी,यमुना सुवेदी र अम्बीका शर्मालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
सहकारी संस्थाका अमिला राइको स्वागत मन्तब्यबाट आरम्भ भएको कार्यक्रमको सञ्चालन माया समालले गरेका थिए ।

