श्रवण कुमार यादव शुक्रबार, मंसिर २६, २०८२

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकामा संचालन रहेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

राजपुर गाउँपालिकाको आयोजना तथा शिवशक्ती माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न भएको प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय मटेरियाले उत्कृष्ट प्रदर्शन गर्दै समग्र विजेताको रनिङशिल्डहरु हात पारेको हो ।

जसमा जनज्योति मटेरियाले १० स्वर्ण, ७ रजत र २ काश्य सहित अग्रस्थान हासिल गर्‍यो। सोहीअनुसार साधारण माध्यमिक विद्यालय सालभौरीले ८ स्वर्ण, ३ रजत र ९ काश्यसहित दोस्रो उत्कृष्टता देखायो। त्यस्तै माध्यमिक विद्यालय दुलैयाले ४ स्वर्ण, ९ रजत र ६ काश्य प्राप्त गर्दै तेश्रो प्रभावकारी प्रदर्शन गरेको छ।

त्यस्तै अन्य विद्यालयहरुको पदक स्थिति क्रमशः गौरीशंकर भैंसाहीनाकाले २ स्वर्ण,२ रजत,२ काश्य; शिवशक्ति भौवानाकाले २ स्वर्ण,३ रजत,१ काश्य; बालकल्याण खाङ्ग्रानाकाले १ स्वर्ण,१ रजत,४ काश्य; माध्यमिक विद्यालय सिक्टाले १ स्वर्ण, ४ रजत,२ काश्य;ज्योति आधारभूत गुरुङखोलाले १ स्वर्ण,१ रजत;शंकर माध्यमिक खरदरियाले ३ रजत, ४ काश्य;र युगवोद्ध आधारभूत सुनपत्रीनाकाले १ रजत पदक जितेका छन् । त्यस्तै मार्चपास तर्फ माध्यमिक विद्यालय सिक्टा प्रथम घोषित भयो भने जनज्योति मटेरिया द्वितीय र बालकल्याण माध्यमिक विद्यालय खाङ्ग्रानाका तृतीय हुन सफल भएको छ ।

यस्तै विजेतादेखि सहभागी सबै विद्यालय तथा खेलाडीलाई शुभकामना व्यक्त गर्दै राजपुर गाउँपालिका शिक्षा शाखा अधिकृत बासु खनालले खेल सफल बनाउन आ–आफ्नो स्थानबाट सहयोग पुर्‍याउने सम्पूर्णप्रति आभार प्रकट गरे । उनले रनिङशिल्डले दुर्गम क्षेत्रका विद्यार्थीको प्रतिभा प्रदर्शन र खेलकुदप्रतिको चासो बढाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै आगामी संस्करणलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता समेत जनाएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]