भैरहवा विमानस्थलका दुई जना कर्मचारी घुस सहित पक्राउ

बुटवल। भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने दुई जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ।विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र मोतियार महेन्द्र यादवलाई सिद्धार्थनगर नगरपालिका– ५ सेन्चुरी बैंकबाट रंगेहात नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार यादव द्वयले सेवाग्राहीबाट ४ लाख घुस […]

दाङमा मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न माग गर्दै अदालतमा निवेदन

दाङ।दाङमा प्रक्रिया पुरा नगरी सञ्चालित क्रसर उद्योगहरु वन्द गर्न माग गर्दै उच्च अदालत तुलसीपुरमा मंगलबार निवेदन परेको छ।घोराही उपमाहानगरपालिका वडा नं. १३ निवासी ३७ वर्षीय प्रेम बुढाले मापदण्ड विपरित दाङको देउखुरी क्षेत्रमा सञ्चालित २४ वटा क्रसर उद्योग बन्द गर्न माग गरेका छन्। दाङको देउखुरी क्षेत्रमा मात्रै गढवामा १७ र राजपुर गाउँपालिकामा १ गरी १८ वटा […]

लमही ट्राफिक प्रहरीद्धारा ४६ लाख बढि राजस्व संकलन

दाङ। दाङ,देउखुरीको लमही अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीले वितेको आर्थिक वर्षमा कम राजस्व संकलन भएको जनाएको छ ।लकडाउनका कारण वितेको अार्थिक वर्षमा कम राजश्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा ६३ लाख १८ हजार ५ सय राजस्व संकलन गरेको ट्राफिक प्रहरीले वितेको आर्थिक वर्ष २०७६/०७७ मा ४६ लाख ७२ हजार रुपैया राजस्व संकलन भएको […]

दाङमा१४ किला चरेस सहित ६ जना पक्राउ

दाङ। दाङमा प्रहरीले १४ किलो लागु औषध चरेस सहित ६ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्क स्थित रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १४ किलो चरेस सहित ६ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा रोल्पा नगरपालिका १० का २२ बर्षिय आकाश विक,२२ बर्षकै जितकुमार […]

एकैदिन स्याङ्जामा एसपीसहित १८जना प्रहरीमा कोरोना पुष्टि

स्याङ्जा।स्याङ्जामा एकैपटक १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । संक्रमितमध्ये जिल्ला प्रहरी प्रमुख समेत छन् । संक्रमितमध्ये एकजना महिला प्रहरी छिन् । जिल्ला प्रहरी कार्यालयमा प्रहरीहरुमा कोरोनाको लक्षण देखिएपछि नमुना संकलन गरी परीक्षणका लागि ८ साउनमा पठाइएकोमा १८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै स्याङ्जा प्रहरीमा कोरोना संक्रमितको संख्या २१ जना पुगेको […]

दाङमा थप ५ जनामा कोरोना संक्रमण भेटियो

दाङ। दाङमा थप ५ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँके नेपालगञ्जमा गरिएको स्वाब परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा तुलसीपुर १३ का १६ बर्षिय पुरुष, वडा नम्बर १४ का २४, ३१ र ३६, ३६ बर्षमा पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ […]

दाङमा काठ तस्कर र प्रहरी बिच झडप,दुई प्रहरी,घाइते एघार जना पक्राउ

दाङ ।देउखुरी डिभिजन वन कार्यालय लमहीले सालका घप्पु सहित देउखुरी बाट एघार जनालाई पक्राउ गरेको छ । गएराती करिब पौने एक बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय वनबाट चिरान सालका घप्पु सहित ती युवाहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रबीण बिडारीले जानकारी दिनु भयो।पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ४ सिमलखुटी […]

गुल्मीमा राहदानी लिने घटे,अपराध बढे

गुल्मी।गुल्मीमा आर्थिक वर्ष २०७६÷०७७ मा राहदानी लिने संख्यामा कमी आएको छ। तर सामाजिक अपराधका घटनाहरु भने बढेको तथ्याङ्कमा उल्लेख छ ।जसले गर्दा राजस्व संकलनमा पनि कमी आएको छ।जिल्ला प्रशासन कार्यालय गुल्मीले सार्बजनिक गरेको वार्षिक प्रगती प्रतिबेदनमा यस वर्ष ३ हजार १ सय १६ जनाले राहहदानी लिएको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा राहदानीबाट मात्रै आर्थिक वर्षमा […]

पहिरोले बुटवल–पाल्पा सडक अवरुद्ध यात्रुलाई सास्ती

वर्षाका कारण बुटवल–पाल्पा सडक खण्डमा ३ ठाउँमा पहिरो गएको छ । भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।तिनाउ गाउँपालिका – झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति ढुंगा सहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी […]

भदौको १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने

काठमाडौं।आगामी भदौ १५ गतेदेखि विद्यालय तहका पठनपाठनमा नियमितता आउने सम्भावना देखिएको छ । सरकारले स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अपनाउदै भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेसंगै आगामी भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो।सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन गर्ने विगतको अभ्यास भएकाले यसपटक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]