
pku
Rgp
Unsku
cjs
Ggp
Pes
Lnp
Srbpu
Rgp1
sbs
Djs
Sgr
Gfs
Pbu

Gst
Sbs
Rgs
Ksm
Bbu
Rgu
Pvg
Ssm
Bbbpu
Wsp
Vor
Asm
nsb
Ggd
Rsb
Sls
Rgu
Hal
Tsm

Jmb
sab
bbt
Rmb
Rpp
Mks
Ptm
Jmb
Bml
Gsb
Syp
Abd
Pls
गुल्मी।गुल्मीमा आर्थिक वर्ष २०७६÷०७७ मा राहदानी लिने संख्यामा कमी आएको छ। तर सामाजिक अपराधका घटनाहरु भने बढेको तथ्याङ्कमा उल्लेख छ ।जसले गर्दा राजस्व संकलनमा पनि कमी आएको छ।जिल्ला प्रशासन कार्यालय गुल्मीले सार्बजनिक गरेको वार्षिक प्रगती प्रतिबेदनमा यस वर्ष ३ हजार १ सय १६ जनाले राहहदानी लिएको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा राहदानीबाट मात्रै आर्थिक वर्षमा १ करोड ६४ लाख ४५ हजार राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष ०७५÷०७६ मा ५ हजार ५ जनाले राहदानी लिएका थिए ।अघिल्लो आर्थिक वर्षमा २ करोड ५७ लाख ५७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षको तुलनामा गएको आर्थिक वर्षमा राहदानी लिनेको संख्य र राजस्वमा भने कमी आएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए। यस वर्ष कोरोना भाइरसको संक्रमणको लागि चलेको लकडाउनको प्रभावले बिदेश जान बनाइने राहदानी र राजस्वरमा कमी आएको हो ।
प्रशासनले एक वर्षका उपलब्धी र आगामी कार्य योजना बारे सार्बजनिक गर्दै सेवाग्राहीहरु कसैको भनसुनमा नभई छिटो छरिटो तरिकाले प्रशासनले सेवा दिँदै आएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।जसको लागि प्रशासनमै नागरिक सहायता कक्ष स्थापना गरिएको छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले नागरिकका कामहरुलाई सहजता ल्याउन प्रशासनमै नागरिक सहायता कक्ष स्थापना गरेका थिए ।त्यस्तै केहि महिना पहिले तत्कालिन प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले प्रशासनमै स्तनपान कक्ष समेत स्थापना गरेका थिए ।जसले गर्दा हाल प्रशासनमा सेवा लिनेहरु अलमल गर्नुपर्ने कसैलाई भनसुन गर्नुपर्ने बिकासको अअत्य गरिएको छ ।प्रशासनले बिभिन्न शिर्षकमा १ करोड ६७ लाख ३ हजार ७ सय ९५ रुपैयाँ राजस्वर संकलन भएकोे जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा २ करोड ६२ लाख,८१ हजार ३ सय १० रुपैयाँ राजस्व संकलन भएको थियो । अघिल्लो वर्षको तुलनामा बिभिन्न शिर्षकमा उठने राजस्वमा आदा भन्दा वढि कमी आएको छ ।
प्रशासनले राहदानी,संघ संस्था दर्ता वापत, संघ संस्था नविकरण,हातहतियार नविकरण,प्रशासनीक दण्ड जरिमाना,न्यायीक दण्ड जरिवाना, अन्य जरिवाना,सरकारी सम्पतीको बिक्रीबाट,परिक्षा शुल्क जस्ता शिर्षकमा राजस्व संकलन गरिएको हो । जिल्लामा अघिल्लो वर्षको तुलनामा अपराधका घटनाहरुमा भने बृद्धि आएको छ ।आर्थिक वर्ष ०७६÷०७७ मा अपराधिक घटनाहरु १६१ वटा दर्ता भएका थिए ।अघिल्लो आर्थिक वर्ष ०७५÷०७६ मा १३३ वटा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।अपराधको प्रमुख कारण घरेलु मदिराले जसका कारण घरेलु हिंसा,कुटपीट,चोरी,जवरवस्ती करणी साथै पारिवारीक बिचलनका घटनामा बृद्धि हुँदै गइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।लागु औषध दुव्यर्सन तथा ओसार पसार नियन्त्रण, सवारी दुर्घटनामा न्यूनीकरण, महिला तथा बालबालिका बिरुद्धको अपराध,आत्म हत्या तथा आर्थिक अपराध नियन्त्रणलाई प्राथमिकतामा राखिएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ ।
