
Sds
Rgp1
Rgp
Gfs
pku
sbs
cjs
Ggp
Pbu
Rgp
Srbpu
Sgr
Unsku
Djs
Pes
Cps
Rmb
Lnp
Gis

Bbu
Pvg
Sls
Hal
Sbs
Ggd
Asm
Rgu
Vor
Rgs
Tsm
nsb
Bbbpu
Ksm
Rgu
Wsp
Rsb
Ssm
Gst

Syp
Abd
Rpp
Jmb
Bml
Jmb
Rmb
Gsb
sab
bbt
Mks
Ptm
Pls
दाङ। दाङ,देउखुरीको लमही अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीले वितेको आर्थिक वर्षमा कम राजस्व संकलन भएको जनाएको छ ।लकडाउनका कारण वितेको अार्थिक वर्षमा कम राजश्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा ६३ लाख १८ हजार ५ सय राजस्व संकलन गरेको ट्राफिक प्रहरीले वितेको आर्थिक वर्ष २०७६/०७७ मा ४६ लाख ७२ हजार रुपैया राजस्व संकलन भएको अस्थाई ट्राफिक पोष्ट लमहीका इञ्चार्ज सुपिद हमालले जानकारी दिनु भएको हो ।
वडा प्रहरी कार्यालय लमही अन्तरगत रहेका अमिलिया,रिहार,नर्ति र गढवामा कार्यरत प्रहरी टोलिद्वारा उक्त राजश्व संकलन भएको इञ्चार्ज हमालले बताए ।ट्राफिक प्रहरीले कार्यक्षेत्रभित्र विभिन्न स्थानहरूमा छड्के सवारीसाधन चेकजाँच गर्दा ट्राफिक नियम उलंघन गर्ने यातायातका सवारी साधनहरूलाई कारवाही गर्दा जरिवाना स्वरूप उक्त रकम संकलन भएको जनाएको छ ।
अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीको तथ्यांक अनुसार १ हजार १ सय ८८ वटा बसबाट ६ लाख २२ हजार ५ सय,२ हजार ७ सय ५१ ट्रकबाट १५ लाख ६९ हजार ५ सय,१ हजार १ सय १२ वटा सिपबाट ५ लाख ९३ हजार ५ सयलाई कारवाही गरी राजस्व संकलन भएको हो । त्यसैगरी २ हजार १३ वटा मोटरसाइकलबाट १२ लाख ९३ हजार ५ सय,७ सय ३३ वटा ट्याक्टरबाट ४ लाख ४० हजार र ३ सय ३ वटा इ(रिक्साले ट्राफिक नियम उलंघन गरेबापत १ लाख ८९ हजार गरि कुल ८ हजार १ सय यातायातका साधनहरूबाट जम्मा ४६ लाख ७२ हजार रकम संकलन गरिएको छ । तायात तथा सवारीसाधन चलाउने चालकहरूले मादकपदार्थ सेवन गरेर सवारी चलाएको,सिट बेल्ट नलगाएको,ओभरलोड गरेको,गाडी चलाउदै मा्बाइल फोन गर्दा गरेको नियम उलंघन गरे बापत जरिवाना गरिएको हो ।सामान्य नियम उलंघन गर्ने सवारी चालकलाई पहिलो पटक सम्झाई बुझाई गरी छाड्ने गरेको र दिउँसो भन्दा रातिमा मापसे गर्ने बढि सवारी चालकहरू भेटिने गरेको ट्राफिक प्रहरी अमरबहादुर चौधरीले जानकारी दिनु भयो।
