
Sdc
Ggp
Asbus
Ksbus
Rgp
Lnp
Ggp
Msbus
Ksbus

दाङ ।देउखुरी डिभिजन वन कार्यालय लमहीले सालका घप्पु सहित देउखुरी बाट एघार जनालाई पक्राउ गरेको छ । गएराती करिब पौने एक बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय वनबाट चिरान सालका घप्पु सहित ती युवाहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रबीण बिडारीले जानकारी दिनु भयो।पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ४ सिमलखुटी निवासी २५ वर्षिय विरबहादुर वलि,सोही ठाउँ निवासी १८ वर्षिय शिशिर शाही, पिपरखुटी निवासी १९ वर्षिय शेखर थापा,३६ वर्षिय तिलक नेपाली,सुन्दरपुर निवासी २७ वर्षिय विष्णु गिरी,नयाँ गाउँ निवासी १८ वर्षिय राहुल भुषाल,पिपरखुटी निवासी २१ वर्षिय मनोज श्रेष्ठ,राप्ती गाउँपालिका वडा नम्बर ८ सुकुम्वासी गाउँ निवासी २४ वर्षिय दुर्गे थापा, सोहि ठाउँ कहलुवा निवासी १९ वर्षिय हेम थापा, २५ वर्षिय प्रकाश कुमाल, २० वर्षिय सञ्जिव विक रहेका छन् ।
राष्ट्रिय वनबाट सालको घप्पू ल्याउदै गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी र डिभिजन वन कार्यालय देउखुरीबाट गएको टोलीले पक्राउ गरेको हो । काठ तस्करलाई नियन्त्रणमा लिएर फर्किने क्रममा युवाहरुले ईलाका प्रहरी कार्यालय भालुबांगबाट गएका दुई जना प्रहरी माथि कुटपिट गरि घाइते बनाएका छन् ।सालको घप्पू ओसारपसारमा संलग्न युवाको जत्थाले एक्कासि आक्रमण गर्दा ईलाका प्रहरी कार्यालय भालुबांगमा कार्यरत प्रहरी हवल्दार मान बहादुर सुनार र प्रहरी जवान तिलक केसी घाइते भएका छन्।रातको समयमा एक्काइस जनाको समुहले काठ ओसार्दै गरेको सुचना पाएर हामीले प्रहरीको सहयोग मागेर त्यहाँ पुगेका हौ,प्रहरी हामी भन्दा अघि घटनास्थलमा पुग्यो र उनीहरुले एक्कासि आक्रमण गरेका थिए पछी प्रहरीको भ्यान पनि घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।
सहायक वन अधिकृत लालबाबु यादवले भने। ति युवाहरुको साथबाट पन्ध्र थान सालको चिरान घप्पू बरामद गरेको छ। राप्ती गाउँ पालिका वडा नबर ४ सुङ्गुरेका अब्दुल मियाले ति युवाहरुलाई प्रयोग गरि काठ ओसारपसार गर्न लगाएको पक्राउ परेका व्यक्तिहरुले बताएका छन्। राष्ट्रिय जंगल बाट तल गाउँ सम्म एक वटा घप्पू पुर्याए बाफत एक हजार रुपैयाँ दिने गरेको उनीहरुको भनाई छ।पक्राउ परेकालाई बन पैदावर ( साल चिरान काठ) ओसारपसार कसुर अपराध अन्तर्गत कारबाही हुने वन प्रमुख बिडारीले जाकारी दिनु भयो । साथै अन्य फरार भएकाहरुको खोजि कार्य भैरहेको वन कार्यालयले जनाएको छ।
