
Lnp
Ggp
Sdc
Ksbus
Asbus
Ksbus
Ggp
Rgp
Msbus

बुटवल। भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने दुई जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ।विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र मोतियार महेन्द्र यादवलाई सिद्धार्थनगर नगरपालिका– ५ सेन्चुरी बैंकबाट रंगेहात नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार यादव द्वयले सेवाग्राहीबाट ४ लाख घुस लिँदै गर्दा पक्राउ परेका हुन्। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले बताए।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको जग्गावापत अहिलेसम्म २१ अर्ब ५० करोड रुपैयाँ बढी मुआब्जा वितरण भइसकेको छ।विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिएको जमिनको मुआब्जा वितरण गर्न २३ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ। विमानस्थलमा कार्यरत कर्मचारीले मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै चलखेल गरिरहेको गुनासो पटक पटक आउने गरेको थियो।
