टिकुलीगढको घरटहरा खाली गराउने सूचना विरुद्ध उच्च अदालत तुलसीपुरद्वारा कारण देखाउ आदेश

दाङ । उच्च अदालत तुलसीपुरले लुम्बिनी प्रदेश प्रहरी विद्यालयले जारी गरेको जग्गा तथा घरटहरा खाली गराउने सूचनाविरुद्ध परेको रिट निवेदनमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश नरबहादुर खड्काको एकल इजलासले देवीप्रसाद चौधरीसहितका निवेदकले दायर गरेको उत्प्रेषण तथा परमादेशको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो । […]

रोल्पाको सुनछहरी गापाद्वारा शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक संकल्प पत्र जारी

रोल्पा । सुनछहरी गाउँपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित सामूहिक संकल्प पत्र जारी गरेको छ। गाउँपालिकाको आयोजनामा सम्पन्न शैक्षिक सत्र २०८२ को समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरुले विद्यालयको शैक्षिक सुधार र विद्यार्थी उपलब्धि वृद्धि गर्न विभिन्न प्रतिबद्धता व्यक्त गर्दै संकल्प पत्र जारी गरेका हुन् । समीक्षाका क्रममा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था, वार्षिक […]

युवा नागरिक समाज सञ्जालद्वारा लुम्बिनी प्रदेशको २ मन्त्रालयहरुमा घोषणापत्र बुझाइयो

दाङ । लुम्बिनी प्रदेश स्तरीय युवा नागरिक समाज सञ्जालले लुम्बिनी प्रदेशका २ मन्त्रालयमा घोषणापत्र बुझाएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, डिजिटल सुरक्षा, जलवायु न्याय, सुशासन तथा उद्यमशीलतासँग सम्बन्धित साझा माग, सुझाव र प्रतिबद्धता समेटिएको घोषणापत्र सरकारलाई बुझाएको हो । गत जेठ २२ र २३ गते दाङको भालुवाङमा गैरसरकारी संस्था महासंघ नेपाल र युवा अभियानको संयुक्त […]

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

रोल्पा । रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार माडि गाउँपालिका वडा नम्बर १ पात्ले स्थित बल्ले–झिनुवा भित्री सडक खण्डमा गुडिरहेको मिनी ट्रक दुर्घटनामा परेको हो । बल्लेखोलादेखि आलु लिएर पोखरातर्फ जाँदै […]

काठमाडौंको बौद्धमा वृद्धलाई कैँची प्रहार गर्ने टाइसन लामा पक्राउ

काठमाडौं । काठमाडौंको बौद्धमा एक वृद्धमाथि कैँची प्रहार गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ नारायणथान घर भएका ३४ वर्षीय टाइसन लामा भन्ने टाइजन याजाकीलाई पक्राउ गरेको हो । यहीँ जेठ २४ गते दिउँसो १२:३५ बजेको समयमा काठमाडौं महानगरपालिका–६ बौद्धको फूलबारी हिमालयन जाभा पछाडि सडकमा उनले […]

स्वास्थ्य,कृषि र पछाडि पारिएका समुदायप्रति सरकार गम्भीर बन्नुपर्छ:सांसद विश्वकर्मा

दाङ । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश सभा सदस्य लोका विश्वकर्माले सरकारले स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेकि छिन् । लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै सांसद विश्वकर्माले स्वास्थ्य र कृषि क्षेत्र जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएका महत्वपूर्ण क्षेत्र भएकाले यी क्षेत्रमा घोषणा गरिएका कार्यक्रम […]

कनक्कली सरकारी कार्यालय खोलेर सर्वसाधारण ठग्ने श्रीमान्- श्रीमती पक्राउ

बर्दिया । ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बगनाहा बजारमा नक्कली सरकारी कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका–३ मा रहेको एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग, ठाकुरबाबा न.पा.–३, बर्दिया, टिकापुर, लम्की’ नामबाट कार्यालय सञ्चालन गरिएको थियो । उक्त कार्यालयमार्फत विभिन्न व्यक्तिलाई सरकारी कर्मचारीमा नियुक्ति […]

संजीवनी टिचिङ हस्पिटलद्वारा गढवामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने

दाङ । सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा निरन्तर सेवामूलक कार्य गर्दै आएको संजीवनी टिचिङ हस्पिटल,घोराही दाङको प्राविधिक सहयोग तथा गढवा गाउँपालिकाको संयुक्त आयोजनामा यहीँ जेठ ३० गते गढवा गाउँपालिका–३ स्थित श्री आदर्श रात्रि आधारभूत विद्यालयमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । ग्रामीण तथा विपन्न समुदायलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने […]

योगदानको उच्च कदर गर्दै ‎जनता मावि कालाकाटेका वरिष्ठ शिक्षक यादवको बिदाई

दाङ । जनता माध्यमिक विद्यालय कालाकाटेमा लामो समयदेखि कार्यरत वरिष्ठ शिक्षक गढवा गाउँपालिका वडा नम्बर १ निवासी देवलाल यादवलाई एक विशेष कार्यक्रमका बीच उच्च सम्मानका साथ बिदाइ गरिएको छ । ‎ ‎वि.सं. २०४२ सालबाट शिक्षण पेशामा प्रवेश गरेका यादवले वि.सं. २०५५ पुस २१ गतेदेखि २०८३ जेठ १६ गतेसम्म जनता माध्यमिक विद्यालय कालाकाटेमा निरन्तर रुपमा सेवा […]

त्रिकोणात्मक प्रेम सम्बन्धका कारण एक युवकको हत्या,तीन जना पक्राउ

धनगढी । कैलालीमा एक युवकको हत्या गरेको आरोपमा एकै परिवारका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलारी गाउँपालिका वडा नम्बर ९,गदरियाका २० वर्षीय राजकुमार रानाको हत्या अभियोगमा तीन जना पक्राउ परेका हुन् ।राजकुमारको शव जेठ २४ गते धनगढी उपमहानगरपालिका–९ स्थित त्रिवेणी घाट नजिक मोहना नदी किनारमा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]