
Sds
Mbdvs
Gisld
mbd
Rbs
Pbu

Wsp
Rsb
Bbbpu
Asm
Pvg
Ggd
Sbs
Vor
Gst
nsb
Ssm
Rgu
Bbu
Tsm
Hal
Rgu
Sls
Ksm
Rgs

Rpp
Mks
Gsb
Jmb
Pls
sab
Jmb
Ptm
bbt
Syp
Abd
Bml
Rmb
धनगढी । कैलालीमा एक युवकको हत्या गरेको आरोपमा एकै परिवारका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलारी गाउँपालिका वडा नम्बर ९,गदरियाका २० वर्षीय राजकुमार रानाको हत्या अभियोगमा तीन जना पक्राउ परेका हुन् ।राजकुमारको शव जेठ २४ गते धनगढी उपमहानगरपालिका–९ स्थित त्रिवेणी घाट नजिक मोहना नदी किनारमा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार हत्या अभियोगमा धनगढी उपमहानगरपालिका –८ का ६० वर्षीय बम्मन राना, उनकी ५८ वर्षीया श्रीमती भंगु राना र २० वर्षीया छोरी गीता रानालाई पक्राउ गरिएको हो। घटनामा संलग्न एक भारतीय युवक भने फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानका क्रममा चार जनाले मिलेर राजकुमारमाथि निर्घात कुटपिट गरी हत्या गरेको र शव मोहना नदी किनारमा लगेर फालेको खुलेको छ। हत्याको कारण त्रिकोणात्मक प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
त्यस्तै,अनुसन्धानअनुसार गीता र एक भारतीय युवकबीच प्रेम सम्बन्ध थियो। सम्बन्धमा समस्या आएपछि गीता र राजकुमारबीच प्रेम सम्बन्ध सुरु भएको र उनीहरू विवाहको तयारीसमेत गरिरहेको खुलेको छ । पछि पुनः भारतीय युवक नजिकिएपछि विवाद बढ्दै गएको र अन्ततः राजकुमारको हत्या गर्ने योजना बनाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार योजनाअनुसार गीताले साँझ राजकुमारलाई घरमै भेट्न बोलाएकी थिइन् । त्यतिबेला भारतीय युवक पनि घरमै थिए। राजकुमार पुगेपछि परिवारका सदस्य र भारतीय युवक मिलेर कुटपिट गरेका थिए, जसका कारण घटनास्थलमै उनको मृत्यु भएको थियो ।
त्यस्तै,मृत्युपछि चारै जनाले राजकुमारको शव सोही रात घरबाट करिब डेढ किलोमिटर टाढा मोहना नदी किनारमा लगेर फालेको अनुसन्धानबाट खुलेको डिएसपी तिमिल्सिनाले जानकारी दिए । हत्या पश्चात गीता भारततर्फ फरार भएकी थिइन् । भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी बुधबार बिहान कैलाली ल्याइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यद्यपि गीताका प्रेमी भारतीय युवक भने फरार रहेका छन् ।
यस्तै,राजकुमार हत्या प्रकरणमा गीताका बाबु–आमाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको छ । गीतालाई पनि बुधबार म्याद थपका लागि अदालत लैजाने तयारी गरिएको छ । फरार भारतीय युवकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।दिनेशखबर
