
mbd
Gisld
Mbdvs
Pbu
Rbs
Sds

Asm
Rsb
Pvg
Gst
nsb
Wsp
Rgu
Rgu
Bbu
Hal
Ksm
Rgs
Tsm
Sbs
Vor
Ssm
Sls
Bbbpu
Ggd

Mks
Rpp
Rmb
Pls
Bml
bbt
Jmb
Gsb
Abd
Jmb
sab
Ptm
Syp
बर्दिया । ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बगनाहा बजारमा नक्कली सरकारी कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका–३ मा रहेको एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग, ठाकुरबाबा न.पा.–३, बर्दिया, टिकापुर, लम्की’ नामबाट कार्यालय सञ्चालन गरिएको थियो । उक्त कार्यालयमार्फत विभिन्न व्यक्तिलाई सरकारी कर्मचारीमा नियुक्ति गरिदिने,काममा लगाइदिने तथा मजदुरी गराउने नाममा ठगी गरिएको आरोप छ ।
त्यस्तै,अनुसन्धानका क्रममा कार्यालय सञ्चालकले स्थानीय व्यक्तिहरुलाई कर्मचारीका रूपमा नियुक्ति दिएको, विभिन्न मजदुरी काममा लगाएको तर ज्याला भुक्तानी नगरेको खुलेको प्रहरीले जनाएको छ । साथै कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाई निर्माण कार्य गराए पनि रकम भुक्तानी नगरेको आरोप समेत लागेको छ ।
सम्बन्धित घरधनीबाट जाहेरी दरखास्त प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा आरोपितले आफैं सरकारी कागजात तथा छाप तयार गरी हस्ताक्षर र नियुक्तिपत्रमा प्रयोग गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । यस प्रकरणमा प्रहरीले जेठ २० गते ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–५ निवासी अन्दाजी २३ वर्षीया कृपा चौधरीलाई पक्राउ गरेको छ ।
त्यस्तै,उनीहरूमाथि ठगी तथा लिखत सम्बन्धी कसुर (कीर्ते) अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
देशसञ्चार
