
Ssbus
Rsbus
Gsl
Lsbus
Gsbus
Ssbus
Ksbus
Nssbush
Ksbus
Gsbus
Lsbus
Ksbus
Gsbus
Pbu
Ksbus
Ssbus
Bsbus

Ssm
nsb
Pvg
Ggd
Sls
Bbu
Vor
Gst
Rgu
Rgs
Bbbpu
Ksm
Asm
Tsm
Rsb
Rgu
Sbs
Hal
Wsp

Pls
Gsb
Jmb
Mks
Rpp
bbt
Rmb
Ptm
Bml
Syp
sab
Abd
Jmb
दाङ । देउखुरी बहुमुखी क्याम्पसमा विश्वविद्यालय अनुदान आयोग, नेपाल अन्तर्गत सञ्चालन भइरहेको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा पूर्वमूल्याङ्कन भ्रमण सम्पन्न भएको छ ।
असार ३ गतेदेखि ५ गतेसम्म तीन दिन सञ्चालन भएको उक्त भ्रमणले क्याम्पसको प्रत्यायन प्राप्ति यात्रालाई थप सुदृढ बनाएको क्याम्पसले जनाएको छ । नेपालमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत सुशासन, शैक्षिक उत्तरदायित्व तथा अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त गराउने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस प्रक्रियाअन्तर्गत कुनै पनि शैक्षिक संस्थाले सर्वप्रथम आन्तरिक गुणस्तर सुनिश्चितता प्रणाली विकास गर्नुपर्ने, स्वअध्ययन प्रतिवेदन तयार गर्नुपर्ने तथा विभिन्न शैक्षिक, प्रशासनिक, आर्थिक र भौतिक सूचकहरू पूरा गर्नुपर्ने व्यवस्था रहेको छ। सोही आधारमा आयोगले विज्ञ टोली खटाई पूर्वमूल्याङ्कन तथा अन्तिम मूल्याङ्कन प्रक्रिया अघि बढाउने गर्दछ ।
देउखुरी बहुमुखी क्याम्पसले विगत केही वर्षदेखि गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्तिका लागि आवश्यक पूर्वाधार विकास, शैक्षिक सुधार, अनुसन्धान प्रवर्द्धन, विद्यार्थी सहयोग सेवा विस्तार, प्रशासनिक पारदर्शिता तथा गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही प्रयासको मूल्याङ्कन गर्न आयोगद्वारा गठित टोलीले तीनदिने स्थलगत भ्रमण सम्पन्न गरेको हो ।
त्यस्तै,भ्रमण टोलीको नेतृत्व प्राध्यापक डा। यादवराज कोइरालाले गरेका थिए । टोलीले क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइ, आन्तरिक गुणस्तर सुनिश्चितता समिति, विभिन्न विभाग,पूर्वविद्यार्थी समाज,अध्ययनरत विद्यार्थी, स्वतन्त्र विद्यार्थी युनियन, प्राध्यापक, कर्मचारी तथा व्यवस्थापन समितिसँग छुट्टाछुट्टै तथा संयुक्त रूपमा अन्तरक्रिया गरेको थियो । साथै टोलीले क्याम्पसका भौतिक पूर्वाधार, पुस्तकालय, प्रयोगशाला,प्रशासनिक व्यवस्थापन,वित्तीय अवस्था,शैक्षिक गतिविधि तथा अनुसन्धानसम्बन्धी अभिलेखहरूको समेत अवलोकन गरेको थियो।
अन्तरक्रियाका क्रममा सहभागीहरूले क्याम्पसले हालसम्म हासिल गरेका उपलब्धि, देखिएका चुनौती तथा आगामी सुधारका क्षेत्रबारे आफ्ना धारणा राखेका थिए । टोलीले प्राप्त तथ्य, सुझाव र अवलोकनका आधारमा क्याम्पसलाई आवश्यक सुधारका बुँदाहरू समेटिएको प्रारम्भिक सुझाव प्रतिवेदन उपलब्ध गराएको छ ।
समापन कार्यक्रममा बोल्दै भ्रमण टोलीका संयोजक प्राध्यापक डा। यादवराज कोइरालाले क्याम्पसले छोटो अवधिमा विभिन्न क्षेत्रमा उल्लेखनीय सुधार गरेको बताए । उनले शैक्षिक वातावरण निर्माण, संस्थागत व्यवस्थापन, अभिलेखीकरण, अनुसन्धान तथा विद्यार्थी केन्द्रित सेवामा भएको प्रगति सकारात्मक रहेको उल्लेख गरे । “क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायनका अधिकांश सूचकहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेको देखिन्छ । केही सुधार गर्नुपर्ने पक्षहरू छन्, ती पनि निर्धारित समयभित्र पूरा गर्न सकिने प्रकृतिका छन्,” उनले भने । यस्तै,उनले प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्न सके क्याम्पसले निकट भविष्यमै प्रत्यायन प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
भ्रमण टोली सदस्य नारायण भण्डारीले देउखुरी बहुमुखी क्याम्पसले गुणस्तरीय शिक्षाको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए । उनले क्याम्पसले शैक्षिक गुणस्तर सुधार, अनुसन्धानमुखी वातावरण निर्माण तथा विद्यार्थीमैत्री सेवा विस्तारमा सकारात्मक पहल गरेको उल्लेख गर्दै आगामी दिनमा सुझावअनुसार सुधारका कार्यलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे । “क्याम्पसमा देखिएको सक्रियता, व्यवस्थापनको प्रतिबद्धता र शैक्षिक सुधारप्रतिको उत्साह प्रशंसनीय छ । बाँकी सूचकहरू समयमै पूरा गर्न सके प्रत्यायन प्राप्तिमा सहजता आउने देखिन्छ,” उनले भने ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्षले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रिया केवल प्रमाणपत्र प्राप्त गर्ने अभियान नभई संस्थागत सुधारको निरन्तर यात्रा भएको बताए । उनले विश्वविद्यालय अनुदान आयोगको मार्गदर्शन तथा विज्ञ टोलीबाट प्राप्त सुझावहरूले क्याम्पसको भावी विकासको दिशानिर्देश गर्ने विश्वास व्यक्त गरे । अध्यक्षले गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने क्याम्पसको प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै सबै सरोकारवालाको सहकार्यमा बाँकी कार्यहरू समयमै सम्पन्न गरिने बताए ।
त्यसैगरी क्याम्पस प्रमुख शिव ओलीले भ्रमण टोलीबाट प्राप्त सुझावहरूलाई गम्भीरतापूर्वक ग्रहण गर्दै तिनलाई सुधारका आधारका रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियामा क्याम्पस परिवार, विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावक, स्थानीय समुदाय तथा विभिन्न सरोकारवालाबाट प्राप्त सहयोगको प्रशंसा गरे । “हामीले प्राप्त गरेका सुझावहरूलाई मार्गदर्शनका रूपमा लिएका छौं । बाँकी रहेका सूचकहरूलाई निर्धारित समयभित्र पूरा गरी क्याम्पसलाई गुणस्तरयुक्त शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने दिशामा अघि बढ्नेछौं,” उनले भने ।
क्याम्पस स्रोतका अनुसार भ्रमण टोलीले दिएका अधिकांश सुझावहरू छोटो अवधिमै कार्यान्वयन गर्न सकिने खालका छन् । गुणस्तर सुनिश्चितता तथा प्रत्यायनका आवश्यक सूचकहरूको ठूलो हिस्सा पूरा भइसकेकाले देउखुरी बहुमुखी क्याम्पस निकट भविष्यमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त गर्ने चरणमा पुगेको विश्वास गरिएको छ।
शिक्षाको गुणस्तर अभिवृद्धि,अनुसन्धानमूलक वातावरण निर्माण तथा संस्थागत उत्तरदायित्वलाई मजबुत बनाउने दिशामा क्याम्पसले थालेका प्रयासहरूले अब औपचारिक प्रत्यायन प्राप्तिको मार्ग थप सहज बनाएको सरोकारवालाहरूको भनाइ रहेको छ ।
