
Rbs
Gisld
Pbu
Sds
Mbdvs
mbd

Pvg
Rgu
Ssm
Bbu
Vor
Rsb
Sls
Ksm
Rgs
Sbs
nsb
Rgu
Gst
Hal
Asm
Tsm
Wsp
Bbbpu
Ggd

Bml
Jmb
Mks
Rmb
Abd
bbt
Ptm
Pls
Rpp
Gsb
sab
Syp
Jmb
दाङ । सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा निरन्तर सेवामूलक कार्य गर्दै आएको संजीवनी टिचिङ हस्पिटल,घोराही दाङको प्राविधिक सहयोग तथा गढवा गाउँपालिकाको संयुक्त आयोजनामा यहीँ जेठ ३० गते गढवा गाउँपालिका–३ स्थित श्री आदर्श रात्रि आधारभूत विद्यालयमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
ग्रामीण तथा विपन्न समुदायलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको शिविरको तयारी तीव्र पारिएको छ । शिविर सञ्चालनका लागि गाउँपालिका र अस्पतालबीच आवश्यक समन्वय तथा जिम्मेवारी बाँडफाँडसम्बन्धी छलफल सम्पन्न भइसकेको छ । अस्पतालका व्यवस्थापक तथा सह–प्राध्यापक मदनप्रसाद पन्थी र गढवा गाउँपालिकाका अध्यक्ष यामनारायण पौडेलबीच भएको छलफलपछि शिविर सञ्चालनको मिति तय गरिएको हो ।
आयोजकका अनुसार शिविरमार्फत स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिक, आर्थिक रूपमा विपन्न परिवार तथा विशेषज्ञ चिकित्सकीय सेवा लिन नसकेका बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । शिविरमा प्रारम्भिक रोग पहिचान,विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण,उपचार तथा परामर्श सेवा प्रदान गरिनेछ । साथै आवश्यक परेका बिरामीलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा प्रेषण सेवा समेत उपलब्ध गराइनेछ ।
शिविरमा सहभागी हुने सेवाग्राहीहरुले ल्याब परीक्षण,भिडियो एक्स–रे, स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि निःशुल्क रूपमा प्राप्त गर्नेछन् । यसका साथै शिविरबाट सिफारिस भई थप उपचारका लागि संजीवनी टिचिङ हस्पिटल पुग्ने बिरामीलाई औषधिबाहेक अस्पतालका अन्य सेवामा २० प्रतिशतसम्म छुट प्रदान गरिने अस्पताल प्रशासनले जनाएको छ । शिविरमा जनरल फिजिसियन, नाक–कान–घाँटी (ईएनटी), प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नसा रोग, जनरल सर्जरी र रेडियोलोजी लगायतका विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहनेछ । उनीहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गर्नेछन् ।
त्यस्तै,शिविरका संयोजक तथा प्रशासकीय अधिकृत सुशील रिजालका अनुसार स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुगोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको हो । उनले गढवा क्षेत्रका नागरिकलाई उपलब्ध अवसरको अधिकतम उपयोग गर्दै स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन् । ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ । शिविरले स्थानीय नागरिकको स्वास्थ्य अवस्था पहिचान गर्न, रोगको समयमै उपचार गर्न तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
