देउखुरी क्षेत्रमा बाढीका कारण दर्जन बढी घर-गोठ डुबान, बाटोघाटोहरु अबरुद्ध

दाङ। आज बिहानदेखि लगातार परेको अविरल वर्षातका कारण देउखुरी क्षेत्रमा एक दर्जन बढी सर्वसाधारणका घर-गोठहरु डुबानमा परेका छन्। राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका साथै लमही नगरपालिकामा केही घर डुबानमा परेका छन् । राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका – ५ भुर्कीहवाका स्थानीयको १२ वटा घर जति डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी […]

राष्ट्रिय स्वतन्त्र पार्टी बझाङका संयोजकले पत्रकार मण्डललाई कुटपिट

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङका संयोजकले पत्रकारलाई कुटपिट गरेका छन् । जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकार सुनिल मण्डललाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका हुन्। बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार मण्डेललाई घरबाटै सोमवार खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी छ […]

लुम्बिनी प्रदेशको विभिन्न स्थानमा पहिरोद्वारा सडक अवरुद्ध

काठमाडौं । भारी वर्षातका कारण पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिरोले बुटवल-पाल्पा,गोरुसिंगे-सन्धिखर्क, राम्दी-रामपुर र भालुबाङ -प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका सूचना अधिकारी डीएसपी होमबहादुर थापाका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा […]

लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको २०औं बैठक आज बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको २०औं बैठक आज बस्दैछ । सोमबार हिजो स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनु भयो । यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था संचालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए । आजको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर […]

देउखुरीको सिसहनियाँमा स्कुल बसमा स्कुटी ठोक्किदा १ जना घाइते

दाङ । देउखुरीमा स्कुल बसमा स्कुटी ठोक्किदा स्कुटी चालक घाइते भएका छन् । आज बेलुका ४: ४८ बजेको समयमा राप्ती गाउँपालिका ५ सिसहनियाँ बजारमा पुर्वबाट आएर पुर्व मोडिन लागेको रा १ क ५८८ नम्बरको लिटिल एन्जल्स भालुवाङको बसमा पश्चिमबाट पुर्व तर्फ गइरहेको रा ४ प १३९३ नम्बरको स्कुटी ठोक्किदा स्कुटी चालक घाइते भएका छन् । […]

दुबै मृगौला बिग्रिएपछि मन्टु चाैधरीलाई उपचारमा समस्या,जीवन बचाई दिन सबैमा अपिल

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी मन्टु प्रसाद चाैधरी ४१ बर्षको लाउलाउ खाउ खाउकै उमेरमा आफ्नो दुबै मिगौला बिग्रिएपछि आफ्नो जीवन बचाईदिन सबैसँग अनुरोध गरेका छन् । आर्थिक अवस्था निकै कमजोर भएका चाैधरीको २ वर्ष पहिले मात्रै शिव मेडिकल घोराहीमा दुबै मृगौला बिग्रिएको पत्ता लागेको थियो । त्यस पछि उनलाई थप उपचारका […]

निजामती सेवा विधेयक विरुद्ध कर्मचारीहरु आन्दोलित,९ गते प्रदेशसभा गेटमा धर्ना बस्ने

दाङ । निजामती सेवा सम्बन्धी विधेयक विरुद्ध स्थानीयतहका कर्मचारीहरु आन्दोलित भएका छन् । लुम्बिनी प्रदेश सरकारले ल्याएको निजामति सेवा सम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै १२ जिल्लाका १ सय ९ स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका हुन् । स्थानीयतह कर्मचारी संघर्ष समितिले आइतवार लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका ३ मसुरीयामा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषण समेत गरेका छन् […]

बाँधमा नुहाउने क्रम डुबेर ६ वर्षीय बालकको मृत्यु

दाङ । दाङको तुलसीपुर स्थित ग्वारखोला सिचाँईको बाँधमा नुहाउने क्रममा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार बेलुका सवा ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ पर्सेनीस्थित रहेको ग्वारखोला सिचाँईको बाँधमा नुहाउने क्रममा डुबेर ६ वर्षिय बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनु भयो । […]

दाङका उत्तम कुमार जिशी सहित ७२ जना वरिष्ठ सईहरु इन्स्पेक्टरमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी वरिष्ठ नायव निरीक्षक वरिष्ठ सई प्रहरी निरीक्षक इन्स्पेक्टर पदमा बढुवाको लागि सिफारिस भएका छन् । साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत वरिष्ठ सइ सूचना अधिकारी उत्तमकुमार जिशी पनि प्रहरी निरीक्षकको बढुवा सिफारिस पर्नु भएको छ । शनिबार बसेको बढुवा समितिको वैठकले जनपद प्रहरी समूहतर्फका ६४ जना र […]

राजपुर गाउँपालिकाद्वारा सर्वोकृष्ट रास्ट्रसेवक पुरस्कार शर्मा, विक, चौधरी र वलीलाई प्रदान

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को सर्वोकृष्ट रास्ट्रसेवक पुरस्कार शर्मा,बिक, चौधरी र वलीलाई प्रदान गरेको छ । पालिकाले गाउँपालिकाका कम्प्युटर अपरेटर महेश कुमार शर्मा,शिव शक्ति माध्यमिक विद्यालय भौवा नाकाका प्रधानाध्यापक लिलाधर विक,राजपुर गाउँपालिकाका पाले कान्सा चौधरी,सामुदायिक स्वास्थ्य इकाई सिक्टाकी अहेव खुमा वली गरि ४ जनालाई पुरस्कार प्रदान गरेको हो । त्यस्तै शर्मालाई […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]