Sidha Patra शनिबार, साउन ०६, २०८०

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को सर्वोकृष्ट रास्ट्रसेवक पुरस्कार शर्मा,बिक, चौधरी र वलीलाई प्रदान गरेको छ ।

पालिकाले गाउँपालिकाका कम्प्युटर अपरेटर महेश कुमार शर्मा,शिव शक्ति माध्यमिक विद्यालय भौवा नाकाका प्रधानाध्यापक लिलाधर विक,राजपुर गाउँपालिकाका पाले कान्सा चौधरी,सामुदायिक स्वास्थ्य इकाई सिक्टाकी अहेव खुमा वली गरि ४ जनालाई पुरस्कार प्रदान गरेको हो ।

त्यस्तै शर्मालाई नगद २५ हजार र विक,चौधरी र वलीलाई १० हजारको दरले नगद पुरस्कार प्रदान गरि सम्मान गरिएको राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेयले जानकारी दिनु भयो ।

पालिकाले गाउँपालिका अन्तरगत निजामती स्वास्थ्य,शिक्षा तर्फका कर्मचारी र शिक्षकहरुको कार्यसम्पादनलाई मध्यनजर गर्दै आगामी दिन कार्यसम्पादनमा थप मनोबल उच्च रहोस् भन्ने उदेश्यका साथ असार २७ गते सम्पन्न भएको पालिकाको दोस्रो गाउँ सभाको तेस्रो अधिवेशनद्वारा नगद पुरस्कार सहित चारजनालाई सम्मान गरिएको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]