
Rbs
Pbu
Gmk
Sds
mbd
Mbdvs
Anm
Gisld
Ksm

Ggd
Gst
Rsb
Ksm
Bbbpu
Sls
Pvg
Vor
Tsm
Rgs
Asm
Ssm
Rgu
Rgu
Bbu
Wsp
Sbs
nsb
Hal

Ptm
sab
bbt
Rmb
Gsb
Mks
Jmb
Bml
Rpp
Syp
Jmb
Abd
Pls
काठमाडौं । आज आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ ।
नेपालमा भैरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् । अंकतालिकामा नेपाल २५ खेलमा १८ अंकसहित सातौं स्थानमा छ ।
त्यस्तै,अमेरिका २५ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । यो शृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार दुई जित निकालेपछि दोस्रोमा झरेको हो । स्कटल्याण्ड ३० खेलमा ३८ अंक जोडेर शीर्षस्थानमा छ ।
कीर्तिपुरमा यसअघि मंगलबार र बिहीबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको थियो । नेपाल र अमेरिका अहिलेसम्म एकदिवसीय खेलमा ११ पटक खेलेका छन् ।
यस्तै,नेपाल ४ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एउटा खेल टाई भएको थियो । नेपालले आफ्नो तेस्रो खेलमा जेठ ४ गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।
